काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन गर्ने र एमालेलाई तीन समितिको नेतृत्व दिने सहमति भएको हो ।
संघीय संसदका २ विशेष समितिमध्ये एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने भएको छ ।
१५ सदस्यीय सुनुवाइ समितिमा कांग्रेस र एमालेबाट ४र४ जनाको सहभािगता रहने छ । बाँकी ७ जनामा माओवादी, रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी लगायतका दलबाट प्रतिनिधित्व गरिने छ ।
१० वटा विषयतगत समितिमा सार्वजनिक लेखा समिति र थप एक समितिको सभापति पनि एमालेले पाउने सहमिति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।
विपक्षीलाई पनि संसदीय समितिमा भागबण्डा दिएर नयाँ पद्धतिको विकास गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले बताए । उनका अनुसार संघीय संसदका १२ वटा समिति मध्ये एमालेले तीन वटा समितिको नेतृत्व गर्ने छ ।
‘एमालेल एउटा संयुक्त र दुई वटा विषयगत गरी तीन वटा समितिको सभापति लिने भयो,’ उनले भने, ‘विपक्षीलाई पनि समिति बाढ्ने एउटा पद्धति विकास गरौं । एउटा लेखा पाउथ्यो नै अब दुईख वटा पाउने भएको छ ।
Add Comment