काठमाडौं, माघ । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौलेल १० हजार नगद घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । अधिकृत पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस लिएको आरोप पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले घुस वापतको एक लाखलिई जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं.१२ स्थित वलम्बु च्याउ सहाकरी अगाडी जाँदै गर्दाको अवस्थामा दुवै जनालाई उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल एक लाख घुस रकमसहित नियन्त्रणमा

Add Comment