काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई सांसद मञ्जु खाण भेट्न पुगेकी छन् । उनी सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएकी पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका
सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।
प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु खाणलाई भेट्न पुगेकी हुन् ।
Add Comment