काठमाडौं । संघीय संसद् भवनमा प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफल जारी छ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ।
बजेटमाथिको छलफल सोमबारबाट प्रारम्भ भएको हो।
सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले बजेट सच्याउन माग गरेको छ।
नीति तथा कार्यक्रमलाई गतिहीन दस्तावेजको संज्ञा दिएको एमालेले बजेटले पनि मुलुकमा विद्यमान संकट समाधान गर्न नसक्ने बताएको छ।
अरू विपक्षी दलका सांसदहरूले पनि बजेटले आर्थिक संकट निवारणको बाटो नदेखाउने धारणा राखेका छन्।
Add Comment