काठमाडौं । सरकार छ र ? भन्ने प्रश्न चाडपर्वका बेला निकै नै हुने गर्दछ । बजारमा खाद्य सामग्री अभाव बनाएर कालो व्यापार गर्न पल्किएकाहरुलाई सरकारले मूकदर्शक बनेर समर्थन गरिरहेको छ । त्यसैले सरकार छ र भन्ने प्रश्न उब्जने गर्दछ । हुन त व्यापारीहरुले नीति निर्माण गर्ने सरकार चलाउने देश बनिसकेको छ । कालो व्यापार गरेर कमाएको सम्पत्तिबाट नै सांसद पद किन्न सफल भएका व्यापारीले बनाउन व्यापार नीतिले जनताका ढाड सेक्छ त्यो पक्कै हो ।
यतिखेर दशै सकिएको छ तिहार छठ लगायतका पर्व नजिकिँदै छ । तर बजारमा चिनीको अभाव देखिन्छ । तराईका उर्वर भूमिका उत्पादन भएका उखु किसानहरुले चिनी कारखानालाई उपलब्ध गराएको उखुको रकम अझै पाउन सकेका छैनन । तर त्यही कारखानाबाट उत्पादन भएका चिनी कहाँ जान्छन त ? सरकारको उद्योग मन्त्रालयलाई थाहा नहोला ?
होस् पनि किन मन्त्रालयका अधिकांश उच्च कर्मचारीहरुलाई तिनै उद्योगीहरुले पालितापोसित गरिरहेका छन् । त्यसकारण पनि जनताको पक्षमा सरकार बोल्न सक्दैन अनि व्यापारीको कालो व्इपारमा मस्त मारिरहन्छ । चिनी अभाव पनि त्यसको एउटा स्वरुप हो ।
यी सबै चिनी अत्यधिक खपत हुने चाड हुन् । तर यही बेला बजारमा चिनीको हाहाकार छ । अधिकांश खुद्रा पसलमा चिनी पाइँदैन, पाइहाले महँगो छ । सरकारले सीमित ठाउँमा सञ्चालन गरेको सहुलियत पसलमा चिनी किन्न लाइन लाग्नुपर्छ, दुई किलो चिनीका लागि दिन जान सक्छ ।
जनताले चिनी खरिदका लागि घण्टौं लाईनमा बस्दा पनि पाउँदैनन् ।पैसा तिरेर पनि दैनिक उपभोग्य बस्तु उपलब्ध गराउन नसक्ने सरकारले जनतालाई राहत दिन्छ भन्नु सोचाई नै गलत बन्न थालेछ । कालो व्यापार गर्ने व्यापारीको विचौलिया जस्तै बनेको चिनी दिने सरकार निकम्मा सरकार भन्दा अरु केही हुन सक्दैनन् ।
Add Comment