काठमाडौं । काठमाडौं जिल्लाका सरकारी निकायमा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुले अधिकृत समाज गठन गरेका छन् । काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी बनाउने उदेश्य अनुरुप काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।
काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत संस्थाो संरक्षक रहेका छन् । संरक्षक बस्नेतको प्रमुख दक्षिणकालीमा आयोजित भेलाले समाज गठन गरेको हो । समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोबिन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार के.सी., दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका रहेका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा भूमिराज भूसाल, को.ले.नि.का., सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।

