टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर बने सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १०० विकेट लिने दोस्रो बलर बनेका छन् । आईसीसी टी २० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन्। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालका पुर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन्।

१५।२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा छिटो १०० विकेट पुर्‍याउने दोस्रो बलर बनेका हुन्। लामिछानेले ५४ खेलमा १०० विकेट कटाएका छन्। अफगानिस्तानका रासिद खानको नाममा छिटो सय विकेट पूरा गर्ने खेलाडी हुन् । उनले ५३ खेलमा १०० विकेट लिएका छन्।

यस अगाडि पनि नेपाली स्पीनर लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनिसकेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट पूरा गरेका हुन्। लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका थिए।