काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको छ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि विहिन भएका बेला करोडौं भ्रष्टाचार गर्न सफल हुँदै जोगिएका सूर्य सिलवाल अन्ततोगत्वा पाप धुरीबाट कराउँछ भने जस्तै नेपाल बीमा प्राधिकरणमा पुगेर उनको भ्रष्टाचार छताछुल्ल भएको छ ।
अहिले सिलवाललाई नागरिकता र राहदानीमा झुटा विवरण दिई लाभ र सुविधा प्राप्त गरेको आरोप लागेको हो। अख्तियारको आरोप अनुसार, सिलवालले आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै कुटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन् । उनले आफ्नो जन्म मिति २०१५–०४–१५ भएको बताएको तर पछि २०१८–०७–२४ भन्ने मिति प्रस्तुत गरी कूटनीतिक राहदानी र विशेष राहदानीका लागि झुटा विवरण प्रस्तुत गरेका थिए ।
सिलवालले नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा पदमा रहँदै कानूनी उमेर ६५ वर्ष पूरा गर्दा पनि ६६ वर्षको उमेरमा पदमा कायम रहे । यसरी, उनले आफ्नो पदको दुरुपयोग गर्दै झुटा विवरणका आधारमा लाभ लिएको आरोप छ ।
नेपाल सरकार र अर्थ मन्त्रालयका मापदण्ड अनुसार, सिलवालको कार्यकाल समाप्त हुनु अघि उमेर ६५ वर्ष पुरा गर्दा उनी अनिवार्य अवकाशमा जानुपर्ने थियो, तर उनले पदमा कायम रही अधिकार र सुविधा प्राप्त गरे । यसले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कसुरको पुष्टि गरेको छ ।
आरोपपत्रमा उल्लेख छ कि, सिलवालले आफ्नो जन्म मिति २०१५–०४–१५ मा आधारित सरकारी कागजात र प्रमाणपत्रहरूको प्रयोग गरेका थिए । तथापि, उनले राष्ट्रिय सेवामा रहँदा र कूटनीतिक राहदानीका लागि झुटा जन्म मिति प्रस्तुत गरेको थाहा पाएपछि, सरकार र सम्बन्धित निकायहरूले उनलाई कारवाही गर्न अनुसन्धान थालेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेका अनुसार उनको कागजातको आधारमा, २०८०–०४–१५ देखि अहिले सम्म सिलवालले ३६,६२,१५४।१६ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको देखिन्छ । अख्तियारको आरोपपत्रमा सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ बमोजिम दोषी ठहर गर्दै उनलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गरिएको छ।
सिलवालले नागरिकता र राहदानीमा जन्म मिति झुटो प्रस्तुत गरेर कुटनीतिक र विशेष राहदानी प्राप्त गरेका आरोप ६५ वर्षको उमेरमा अनिवार्य अवकाश हुनुपर्ने अवस्था भए पनि अध्यक्षको पदमा रहनु भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारवाहीको लागि विशेष अदालतमा आरोपपत्र दायर भएको हो ।
३६ लाख ६२ हजार १५४ रुपैयाँको लाभ र सुविधा प्राप्त गरेको पुष्टि सिलवालको भ्रष्टाचारमा संलग्नता पुष्टि भएपछि, उनीविरुद्ध कानूनी कार्यवाही गरिने छ, र सम्पत्ति जफत गरिन सक्ने जनाइएको छ ।
Add Comment