काठमाडौं । कुनै बेला सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानको कुनै संलग्नता नभएको भन्दै संसदिय समितिमा जवाफ दिने नेपाल प्रहरीका प्रमुख वसन्त कुँवरको निर्देशन अनुरुप कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले जानकारी दिए । लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसमेत पक्राउ परेका थिए । उनीहरूमाथि प्रहरीले संगठित अपराध, सम्मत्ति शुद्धीकरण र सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान गरेको थियो ।
जोशी असोज ६ गते र लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए । पक्राउ परेको ८५ दिनमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब सरकारी वकिल कार्यालयले माग दाबीसहित अदालतमा मुद्दा दर्ता गर्ने छ । रविलाई राजनीतिक प्रतिशोध साध्ने गरी वर्तमान सरकारले मुद्दाका नाममा उनलाई मानसिक यातना दिईरहेको सरकारमै रहेको एमालेका सांसद नै विभाजित भएका छन् ।
Add Comment