काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै पक्ष कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक राजस्व लक्ष्यको २७।५७ प्रतिशत मात्र संकलन गरेको छ भने कुल बजेटको ३० प्रतिशत हाराहारीमा मात्रै खर्च गर्न सकेको छ।
कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको हो । त्यस्तै चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रुपैयाँ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म ११। ५८ प्रतिशत अर्थात् ४० अर्ब ८० करोड छ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
मंसिर मसान्तसम्मको चालुगत शीर्षकमा ३१ ।८७ प्रतिशत खर्च छ । यो वर्ष चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ विनियोजन भएकोमा हालसम्म तीन खर्ब ६३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बराबर खर्च भएको हो ।
त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ४१।३२ प्रतिशत खर्च भएको देखिएको छ। यो शीर्षकमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ छुट्याइएकोमा हालसम्म १ खर्ब ५१ अर्ब ७६ करोड ५७ लाख रुपैयाँ खर्च भइसकेको छ।
मङ्सिर मसान्तसम्ममा वार्षिक लक्ष्यको २७।५७ प्रतिशत अर्थात् चार खर्ब पाँच अर्ब ७७ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ ।
त्यस्तै, यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म कुनै पनि अनुदान लिएको तथ्याड्कमा देखिँदैन ।
Add Comment