आरजुको आडमा सरकारी सम्पत्ति दोहन गर्दै कैलालीमा आईएमई समूहको केवलकार

काठमाडौं । आइएमई समूहले परराष्ट्र मन्त्री आरजु राणालाई प्रमुख अतिथि बनाएर कैलालीको चिसापानीमा निर्माण हुन लागेको जालपादेवी केवलकारको शिालान्यास गरेको छ । पछिल्लो समय केवलकार निर्माणमा आफूलाई अग्रसर तुल्याईरहेको सो समूहले ताप्लेजुङ्गको पाथीभरामा केवलकार निर्माणका लागि स्थानीय नागरिकहरुले विरोध गर्दा गर्दा शिलान्यास गर्दा शक्तिको आडमा स्थानीय जनताहरु माथि बल गरी प्रहरीको बलमा सिलान्यास सम्पन्न गरेको थियो ।
अहिले फेरि पूर्वप्रधानमन्त्री तथा नेपाली काग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी वर्तमान परराष्ट्र मन्त्री आरजुको निर्वाचन क्षेत्रमा पर्ने चिसापानीमा केवलकार निर्माण गर्न लागेको हो । आएमई समूहले सरकारी प्राकृतिक श्रोत साधनलाई शक्तिको आडमा व्यापारीकरण गर्दै आईरहेको छ । विशेष गरी आईएमई समूहका अध्यक्ष समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन गरेका अधिकांश केवलकार सञ्चालित क्षेत्रहरु विवादमुक्त हुन भने सकेको छैन ।
कतिपय स्थानहरुमा सरकारी जग्गालाई सस्तो मूल्यमा लिएर व्यवसाय गरिरहेका छन् । उनले सञ्चालन गरेको चन्द्रागिरी हिल्सदेखि, नवलपरासीको मौलाकालिका केवलकार पनि सरकारी सम्पत्तिकै दोहनका रुपमा लिएको छ ।
राजनीतिक शक्तिको आडमा सो समूहले सरकारी सम्पत्ति दोहन गरिरहेको देखिन्छ । विशेषत ः नेपालमा आर्थिक क्षेत्रमा कलम चलाउनेहरुलाई प्रभावमा पारी आएएमई समूहले सञ्चालन गरेको कुनै पनि व्यवसायका त्रुटिहरु लुकाउने काम पनि सो समूहले गरेको छ । ताप्लेजुङ्गमा केवलकार शिालान्यासका समयमा स्थानीय नागरिक माथि गरिएको धरपकडले पनि चन्द्र ढकालको समूह अहिले राज्यका शक्तिशाली पदमा बस्नेहरुलाई आफ्नो प्रभावमा पारेर राज्यको सम्पत्ति दोहन गर्ने कार्यमा लागिरहेको देख्न सकिन्छ ।
अहिले कैलालीमा आरजु देउवाको साथमा उनले केवलकार सञ्चालन गर्नका लागि सिलान्यास त गरे । तर पछिल्लो समयमा आईएमई समूहले केवलकारमा गरिरहेको अदृश्य लगानीमाथि भविष्यमा पक्कै प्रश्न उठ्ने छ ।