स्वास्थ्यकर्मी प्रकाश ज्ञवाली अब चलचित्रकर्मी

काठमाडौँ । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र द्रौपदीको टिजर रिलिज भएको छ । टिजरले २४ घन्टा नपुग्दै एकलाख भन्दा बढि भ्यूज पाएको छ । जुन चलचित्रको डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायाङ्कन गरिएको थियो । हालसम्म कसैले छायाङ्कन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा समेत छायाङ्कन भएको छ । १ मिनेट २० सेकेन्डको टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा बनेको देखिने यस चलचित्रले एक अग्र्यानिक अनि गम्भीर विषय उठाएको सङ्केत गरेको छ । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको बुझिएको छ । यसको स्क्रिप्ट करिब ४ वर्ष लगाएर लेखिएको हो । यहि चलचित्रबाट स्वास्थ्यकर्मी प्रकाश ज्ञवाली चलचित्रकर्मी भएर आएका छन् । आर बि मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । ज्ञवालीको यो लगानी र अभिनय रहेको पहिलो चलचित्र हो । उनका परिवारमा कलाकारिता सँग जोडिएका कोही नभएको तर आफू चलचित्र र कलाकारितामा जोडिएको एक्लो सदस्य भएको बताए । तिनाउ इन्टरनेशलन हस्पिटल प्रा ली मा कार्यरत निर्माता ज्ञवालीले कथा बस्तु मन परेकाले चलचित्र निर्माणमा हात हालेको बताए ।

चलचित्रमा आश्विनी शाही , नेपाल आइडलका विजेता रवि ओड, कविराज भाम , ओस्कार कलेजका ब्याचलर जेएलसन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र ऋषिराज आचार्य अभिनय रहेको छ । ऋतु आचार्य र सुवास ठडराई सह निर्माता रहेको आर बि मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । ज्ञवालीको यो लगानी र अभिनय रहेको पहिलो चलचित्र हो । उनका परिवारमा कलाकारिता सँग जोडिएका कोही नभएको तर आफू चलचित्र र कलाकारितामा जोडिएको एक्लो सदस्य भएको बताए । तिनाउ इन्टरनेशलन हस्पिटल प्रा ली मा कार्यरत निर्माता ज्ञवालीले कथा बस्तु मन परेकाले चलचित्र निर्माणमा हात हालेको बताए ।

चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन आचार्यकै रहेको छ । चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राई को आवाज रहेको छ । इन्द्रकला अहिले द भ्वाइस आफ नेपालको प्रतियोगी पनि हुन् । उनले ब्लाइण्ड अडिसनमा चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी छन् ।