काठमाडौं काठमाडौं महानगरपालिकाका १८ जना निर्वाचित वडा अध्यक्ष सहित २३ जना कार्यालिका सदस्यहरुले महानगरका मेयर बालेनलाई ज्ञापन पत्र बुझाएका छन । महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष नवीन मानन्धरको नेतृत्वको टोलीले मेयर बालेनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि गरिएका छानवित प्रतिवेदन सार्वजनिक गर्न र कार्यापालिका वैठक तत्काल डाक्न भन्दै ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले मेयर बालेनले एकलौटी ढंगले काम गरिरहेको र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईमाथि गरिएको छानवित प्रक्रिया गुपचुप राखेको भन्दै छानविनको प्रतिवेदन सार्वजनिक गर्न र तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका हुन्।
आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेकोू काठमाडौँ महानगरपालिका वडा – ८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिए
उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न बताएका छन् ।
Add Comment