राजावादीको प्रदर्शनमा घाँटीमा गोली लागेका महर्जनको मृत्यु

फाइल फोटो

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राजावादी प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जनको निधन भएको हो।

शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका महर्जनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुर्याइएको थियो। अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई ४:३० बजे अस्पताल ल्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।