काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. ४ का अध्यक्ष दिनेश मर्हजनले अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुद प्रतियोगितामा सक्रिय बनाउनु पर्ने धारणा राखेका छन् । शनिबार आयोजित काठमाडौं महानगरपालिका स्तरीय प्रथम पारा पौडी प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै उनले सो कुरा बताएका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ४ र राष्ट्रिय पारा पौडिसंघको आयोजनामा प्रतियोगिता भएको थियो ।
प्रतियोगिता समापन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष दिनेश महर्जनले साङ्ग व्यक्तिहरुलाई मात्र होइन अपाङ्गता भएका व्यक्तिहरुलाई पनि खेलकुदमा सहभागी गराउनु पर्दछ भन्ने सो अनुरुप प्रतियोगिता गराईएको र सम्भवत यो प्रतियोगिता महानगरमा पहिलो पटक गरिएको जानकारी दिए ।
कार्यक्रममा पारा ओलम्पियकी केन्द्रिय अध्यक्ष राधा घलेले साङ्ग व्यक्तिका लागि भन्दा अपाङ्गता भएका व्यक्तिहरुलाई खेल खेल्न र खेलाउन निकै कठिन हुने भएकाले राज्यले यसका लागि विशेष व्यवस्था गर्नु पर्ने धारणा राखिन् ।
प्रतियोगितमा सहभागि खेलाडीहरुहरुले महानगरको वडा नं. ४ ले गरेको पारा पौडि प्रतियोगिताको प्रशसा गर्नु हुँदै आआफ्नो अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रम सहभागित तथा विजेताहरुलाई वडा अध्यक्ष दिनेश महर्जनले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहलाई सहभागी गराइएको थियो ।


Add Comment