काठमाडौँ । शनिबार राती १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बढाएको मूल्यमा प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ बढेको छ ।
नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जनाएको हो । त्यस्तै हवाई इन्धन भने ३ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।


Add Comment