उमेश भट्टले चुमे सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड

काठमाडौँ । गायक तथा अभिनेता उमेश भट्टले डेब्यु निर्देशन गरेको म्युजिक भिडियो बाटै पहिलो अवार्ड जितेका छन् ।

उनको पहिलो निर्देशन रहेको म्युजिक भिडियो “कतै म हराएकी “बाट १२ औ म्युजिक खबर म्युजिक अवार्डमा सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड चुमेका हुन । हाल अमेरिका रहेका भट्टको प्रतिनिधित्व गर्दै सोही गीतका कोरियोग्राफर राजीव समरले उक्त अवार्ड ग्रहण गरेका थिए ।

दर्जन जति म्युजिक भिडियोमा अभिनय गरेका केही गीत गाएका र केही निर्देशनसमेत गरेका अभिनेता भट्ट म्युजिक भिडियो सङ्गै अब चलचित्रमा अभिनय र चलचित्र निर्माणमा पनि जुटेका छन् । केही गीतहरू अमेरिकामै छायाङ्कन गर्ने उनले तयारी गरेका छन् ।

उमेशले यसअघि म्युजिक भिडियोबाहेक केही भोजपुरी चलचित्रमा पनि अभिनय गरिसकेका छन् । आफू फरक पेसाको भए पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो पनि केही योगदान होस् भनेर निर्माण र अभिनय गरेको बताउने भट्टले चलचित्रलाई भने व्यावसायिक रूपमा लिएको र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्य रहेको बताएका छन् ।

भट्टले अभिनय गरेका ’सान्नानी’, ’सुदूरपश्चिम धान झुल्या माल’, ’कतै म हराए की’ र पछिल्लो पटक अभिनय गरेको प्रसिद्ध नेपाली गीतकार लोकराज अधिकारीको शब्द रचना सिडी विजय अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको “गर्न मन छ “ लगायतका गीत दर्शकले मन पराएका म्युजिक भिडियोहरू हुन ।

ताजा अपडेट