काठमाडौँ । कहिले काँही नेपाल राष्ट्र बैकका निर्देशकहरुलाई पनि के हुन्छ कुन्नि बैकहरुलाई कार्वाही गर्ने आँट गर्छन् । नेपाल राष्ट्र बैकको नियमन तथा परिवेक्षण महाशाखाका कर्मचारीहरुको मिलेमतामो जस्तै गैरकानूनी कार्य गर्दै आएको भएपनि छुट दिने गरिएको थियो । तर अहिल के कुरा मिलेन कुन्नी नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासमा २ ओटा वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र एन आई सी एशिया बैंक लिमिटेडलाई कार्बाही गरेको हो ।
सटिजन्स बैंक इन्टरनेसनलले राष्ट्र बैंकबाट व्यवस्था विपरीत निर्देशन विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको जनाएको छ ।
यस्तै, सिटिजन फास्ट ट्रयाक लोन अन्तर्गत कर्जाको उपयोग आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न राष्ट्र बैंकको निर्देशन पालना नगरेकोले बैंकको सञ्चालक समितिलाई सचेत गराएको उल्लेख गरेको छ ।
सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी एकीकृत निर्देशनमा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद बढाइएका कर्जाहरूमा एजिङ कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, चालुपुँजी सम्बन्धी मार्गदर्शन २०७९ मा भएका व्यवस्थाहरूको पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ्ग गरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको उल्लेख गरिएको छ ।
एन आई सी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार लागू हुने व्याजदर ९स्थिररपरिवर्तनीय० किस्ता सम्बन्धी व्यवस्था लगायतका व्यवस्था बमोजिम सरल र स्पष्ट भाषामा उल्लेख गरेको नपाईएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले बैंकलाई नेपाल सचेत गराएको जनाएको छ ।


Add Comment