विपिन जोशीको परिवार इजरायल पठाउनु गलत, विपिनलाई रिहा गर्न सरकारको पहल पुगेन

काठमाडौं । इजरालयमाथि हमासले गरेको आक्रमणमा परि हालसम्म बेपत्ता भएका विपिन जोशीको परिवारलाई इजरायल पठाउनु गलत भएको टिका टिप्पणी शुरु हुन थालेको छ । कतिपयले परिवारलाई इजरायल पठाउनु भनेको सरकारको असक्षमता देखिएको बताएका छन् । जोशी बेपत्ता भएका दुई बर्ष पुगिसक्दा पनि विद्रोही समूह हमास र उ नजिकका रहेका संघसंस्थाहरुसँग नेपाल सरकारले पहल गर्नु पर्ने थियो तर सकेन । सरकारको पहल नपुगेकै कारण अहिले विपिन जोशीका परिवार लिएर नेपाल स्थित इजरायल दूतावासका प्रतिनिधिहरु संयुक्त राष्ट्र संघ गुहार्ने भन्दै जोशी आमा र बहिनी लिएर इजरायल पुगेका छन् ।

इजरायल दूतावाससले अर्न एण्ड लर्न कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थीहरुलाई इजरायलको कृषि कार्यका लागि लिएर गएको केही साता पनि नपुग्दै हमासले गरेको आक्रमण परि १० जना विद्यार्थीहरुले अनाहकमा ज्यान गुमाउनु परेको थियो । सोही क्रममा विपिन जोशी लगायतलाई हमास विद्रोहीले वन्धक बनाएका थिए ।

विपिनलाई वन्धक बनाए पश्चात उनको रिहाईका लागि नेपाल सरकारले आफ्नै किसिमले कुटनीतिक पहल गर्नु पर्नेमा तात्कालिन नेपालका लागि इजरायली राजदूत हनान गोदरले नेपालका परराष्ट्र मन्त्री, गृहमन्त्री भेट गर्दै विपिन जोशीको फोटो बुझाउँदै आईरहेका थिए । जुन कुटनीतिक नियम विपरित नै थियो । तर परराष्ट्र तथा गृह मन्त्रालयका उच्च अधिकारीले त्यस्तो कार्यको कुनै प्रतिक्रिया दिन सकेन ।

सरकारको लाचारीपन कै कारण अहिले विपिनको तस्वीर भजाएर इजरायले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको छ । हमास विद्रोहीले गरेको आक्रमण निकै नै निन्दनीय छ । वन्धक बनाइएका नागरिकहरुको सुरक्षा हमास विद्रोहीले गर्नु पर्छ त्यसका लागि हमास विद्रोही नजिक जोडिएका राष्ट्रहरुको पहलमा नेपाल सरकारले कुटनीतिक पहल गनुर्् पर्ने थियो किन सकेन गम्भीर प्रश्न उठेको छ ।

इजरायली दूतावासको अर्न एण्ड लर्न कार्यक्रम नेपाली विद्यार्थीहरुका लागि राम्रो भएपनि हमासले गरेको आक्रमण पश्चातका घटनालाई इजरायलले नै पहल गर्नु पर्ने थियो । तर इजरायलले छिमेकी राष्ट्रहरुसँग के के पहल गर्यो भन्ने कुरा अहिलेसम्म सार्वजनिक भएको छैन । बरु नेपाल स्थित दूतावासले नेपाली मन्त्रीहरुलाई भेट्ने अनि आफ्नो स्वार्थ अनुकूल प्रयोग गरेको कुटनीतिक विश्लेषकहरुले बताउँदै आईरहेका छन् ।

हमासलेले गरेको आक्रमणसँग इजरायले गरेको पछिल्लो आक्रमण दुवै तर्फबाट हेर्ने हो भने मानवअधिकारका दृष्टिकोणले क्षम्य हुनै सक्दैन । तर इजरायलले पीडित परिवारलाई यसरी आफ्नै देशमा न्यायका माग्न भन्दै लैजानुको कारण नेपाल सरकारले खोज्नु पर्दछ । इजरायले दूतावासले जोशीसँगै वन्धक बनाइएको अन्य देशका नागरिकका परिवारलाई के यसै गरी सार्वजनिक गर्ने र आफ्नो देशमा न्यायका लागि लगेको छ त ? यदि छैन भने कुटनीतिक रणनीति नअपनाएर जोशीको आमा र बहिनीलाई इजरायल लैजानु नेपाल माथिकै अपमान र आफ्नो स्वार्थ पूरा गर्न खेलिएको खेल पो हो की ? यसले नेपाल सरकारको कुटनीतिमा प्रश्य निरन्तर उठिरहने छ ।
अहिले इजराय दूतावासले जोशीको आमा र बहिनीलाई आफ्नै देशमा