काठमाडौं । अन्तत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवाबाट ललितपुर स्थित नख्खु कारागार ल्याएको छ । सार्वजनिक विदा अर्थात कृष्णजन्माष्टमीको दिन रवि लामिछानेलाई बुद्ध एयर मार्फत काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याउनु अघि आज रवि लामिछानेलाई कसैलाई पनि भेट गर्न दिएको थिइएन । काराकार सरुवा गर्ने क्रममा रास्वपाका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिषा झालाई केही क्षण मात्र कुराकानी गर्न दिएको प्रवक्ता झाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
झाले सामाजिक सञ्जालमा लेखेका छन्, सभापति लामिछानेले आफू बसेको कारागारको कोठाको भित्तामा अब यहा कृष्णहरू जन्मिने छैन तर जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ भनेर लेखेर आएको बताएका थिए ।
झाकाअनुसार लामिछानेले सरकारले राजनीतिक प्रतिशोध साँधेर मङ्गलग्रहमा लगे पनि नडराउने बताए । नेपाल र यो भूमि आफ्नो हो भन्दै लामिछानेले जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन।
ु‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमी हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन । म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु।’ सभापति लामिछानेले झासँग भनेको थिए ।


Add Comment