काठमाडौँ । देशमा मौलाउँदै गएको बेथिति र भ्रष्टाचारको विरोधमा विहानैदेखि सडकमा उत्रिएका जेनजी पुस्ता र नेपाल प्रहरी आमने सामने भएका छन् । विहानै नौ बजेदेखि नै विद्यालय तथा कलेजको डे«स लगाएर माइतीघर मण्डलमा पुगेको जेनजी (१३–२८ बर्षसम्मका) पुस्ताहरुले वर्तमान अवस्थाको चित्रण गरिएका प्लेकार्ड बोकेका छन् ।
जेनजी आन्दोलनलाई मर्यादित बनाउने अभियन्ताहरुको चाहना अनुरुप उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेका छन् । सोही अनुरुप माइतीघर मण्डलामा प्रदर्शनलाई सुरक्षित बनाउनका लागि नेपाल प्रहरी एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गरिरहेका छन् ।
सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेछन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।
काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Add Comment