काठमाडौं । जेनजी प्रर्दशनमा सरकारले गरेको चरम दमनका कारण १९ जना युवाहरुले ज्यान गुमाएपछि प्रर्दशनको दोश्रो दिन सोमबारको घटनाबाट आक्रोशित नागरिकहरु सडकमा उत्रिएका छन् । हिजो स्कूल कजेलका विद्यार्थीहरु माथि भएका धरपकड सहन नसकेका नागरिक आज सडकमा उत्रिएका छन् । संसदमा भवनमात्र नभएर नेताहरको घर घरमा पुगेर घेराहाल्ने ढुङ्गामुढा गर्ने क्रम विहानैबाट देखिएको छ । आन्दोलनकारीहरुले आजै विहानै सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी गरेका छन् ।
सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा आगजनी गरेको तर आगजनीबाट ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।


Add Comment