जेन जी आन्दोलन, नेपाल र क्षेत्रीय राजनीति सन्दर्भ

नेपालमा यही सेप्टेम्बर ६ र ७ गते बन्द गरिएको सामाजिक सञ्जालको कारण जेन जी को भ्रष्ट्राचारको विरोध र यसको अन्त्यका आन्दोलनको आब्हान गर्यो। सहभागी हुन अनुरोध गरिएको पोस्ट व्यापक रुपमा सेयर भयो। यसले मूर्त रूप लियो । दशौं हजार युवा सडकमा आए । सेप्टेम्बर ८ र ९ दुई दिन चलेको उक्त जेन जीको आन्दोलनमा ५१ जना युवाले ज्यान पनि गुमायो। धेरै भौतिक क्षति भए सँगै नेता, प्रसाशक र व्यवसायिक घराना पनि उक्त निशानामा पर्न गयो। दुई दिनको बीचमा भड्किएको जेन जी आन्दोलन अन्तत राजनीतिक दबाब सृजना गरी राजनीतिक निर्णय गराउन सफल बन्यो। यो सँगै पुरानो राजनीतिक दल , नेता र लामो समय देखि अभ्यास गर्दै आएको राजनीतिलाई पनि चुनौती खडा गरिदियो ।

बाहिरी सतहमा देख्दा यो नेपालमा नेताको कारण भएको भ्रष्टाचारविरुद्धको सङ्घर्ष देखिए पनि यसको सम्बन्ध धेरै संग जोडेर हेर्न र विश्लेषण गर्न पर्ने ठाउँमा नेपाल लगायत विश्वका प्रबुद्ध समूह माथि दबाब परेको छ। आन्दोलनमा सहभागी विद्यालयका बालबालिका, किशोरदेखि युवा र दोस्रो दिनमा सबै उमेर समूहको स्वतफूर्त सहभागिताले आगामी राजनीतिमा मात्र नभई सिंगो समाजमा नै जेन जी पुस्ताको सहभागिता कस्तो हुने? भन्ने भएको छ। यस आन्दोलनले राजनीतिक संरक्षणमा हुर्किने भ्रष्टाचार, राजनीतिक अधिकारको दुरूपयोग र असक्षम शासनको कारण जन्मने राजनीतिक विद्रोह, न्यायिक संरचना, यसको अभ्यासको पारदर्शिता नहुँदा नयाँ पुस्ताको तर्फबाट हुनसक्ने राजनीतिक प्रतिवाद बारे सोच्न पनि बाध्य बनाएको छ।

तर उक्त आन्दोलनका क्रममा राज्यको तर्फबाट भएको हिंस्रक दमन, दर्जनौंको मृत्यु र सयौंको घाइते सँगै युवाको आन्दोलनका कारण घटेका घराना र भौतिक क्षतिले यस आन्दोलनलाई एउटा निश्चित देशसँग मात्र नभई क्षेत्रीय र अन्तर्राष्ट्रिय तहबाट समेत जोडेर हेर्न र एजेण्डाहरुको विश्लेषण गरी थप अध्ययन गर्न पर्ने परिस्थीती निर्माण गराएको छ।

जेन जी पुस्ताको अवधारणा र जन्म
जेन जी (Gen Z)  पुस्ता १९९७–२०१२ बीच जन्मिएका, डिजिटल वातावरणमा हुर्केका, प्रविधि–साक्षर, वैदेशिक रोजगारी र विश्व राजनीतिक अभ्यास र संस्कृतिसँग घनिष्ठ सम्बन्धमा रहेका नागरिकहरुको पुस्ता हुन । यो पुस्ता नयाँ सोच र बुझाइ सहित हुर्किएको पुस्तामा पर्दछ। उनीहरू पुराना पुस्ताको जस्तो patron-Client सम्बन्धमा नभई क्षमता, कानुनत र पारदर्शी अभ्यासबाट समाज, राष्ट्र र राजनीति चलेको मन पराउने वर्गको पुस्तामा पर्दछ । यस क्रममा उनीहरू कुनै पनि अप्ठ्यारोमा अड्किन चाहँदैनन्। यो पुस्ता अर्ध–सामन्तवादी संरचनाबाट बाहिरिएर बन्ने नयाँ आर्थिक petty bourgeoisie र प्रगतिशील कामदार वर्गमा आधारित मिश्रणको बुझाइमा हुर्केको पुस्ता हो। patron-Client मा आधारित राजनीतिक अभ्यासमा चलेको सत्ता र वर्गीय सम्बन्धलाई नयाँ ढङ्गले चुनौती दिने हैसियत राख्छ। नेपालमा अहिले यो पुस्ताले यो राजनीतिक चरित्र र हैसियत देखाएको हो को भन्न सकिन्छ।

नेपालमा सत्तालाई दिएको हलचल
दुइ दिन अवधिमा करिब ६२ घण्टासम्म निरन्तर चलेको यो आन्दोलनले सन् १९९० देखि सत्ता र राजनीतिमा जमेर बसेको राजनीतिक नेता र राज्यको राजनीतिक स्थायित्वलाई नै हल्लाइ दिएर संसदीय प्रणालीबाट उदाएको सरकारलाई नै विस्तापित गर्न सफल बन्यो। यस क्रममा पूर्व प्रधानमन्त्रीदेखि नाम चलेका र शक्तिशाली देखिएका मन्त्रीसम्म जनभीडद्वारा आक्रमित भए, सरकारी भवनमा आगो लाग्यो ।जुन दुःखद थियो।

यो दुई दिनको बीचमा भएको आन्दोलन र परिणाम सामाजिक सञ्जालमार्फत गरेको आन्दोलनको अपिलको प्रभाव थियो । उक्त आन्दोलनमा आम नागरिकको प्रत्यक्ष सहभागिता हुनुले यो देखाउँछ कि लामो दशक देखि चलिआएको राजनीतिक प्रणाली, परम्परागत संगठनात्मक शक्ति र संरचनागत चलायमान अभ्यास भन्दा डिजिटल नेटवर्क र युवा चेतना शक्तिशाली बन्दै राजनीतिक हैसियत निर्माण गर्दै गएको हो कि, तर यो केवल नेपालको आन्तरिक विद्रोह मात्र नभई एक किसिमको  हो कि भन्ने पनि देखाएको छ । जसले पुरानो शासक वर्गलाई विस्थापित गर्ने संकेत दिन्छ। डिजिटल सोसाइटीले जोडेको यो विश्व समाजमा यो राजनीतिक घटना नेपाल देशको हकमा मात्र सीमित हुदैन कि रु यसले पुरै विश्वलाई आर्थिक र सामाजिक रुपमा एकै खाले प्रणालीमा जोडेर एकल सामाजिक र आर्थिक समाज निर्माण गरिरहेको सन्दर्भमा राजनीतिक अभ्यास र भविष्यको सवालमा पनि यस्तै हुन्छ कि भनेर अनुमान र बहस गर्न सकिन्छ।

रेजीम चेन्जको सम्भावना
राजनीतिक विचार र सैद्धान्तिक आधार हेर्दा नेपालको जेन जी आन्दोलनको बारे अझै केही बुझ्न सकिदैन। जेन जी आन्दोलनको प्रभाव हेर्दा यो सामान्य राजनीतिक शक्ति हो र भबिस्यमा पनि रहन्छ त भन्ने कुरा पनि मुख्य रहेको छ । यस आन्दोलनको मूल ध्येय भ्रष्टाचार अन्त्य र जवाफदेही शासन भए पनि यसले विद्यमान राजनीतिक प्रणाली मै ठुलो प्रश्न उठाएको छ। मार्क्सवादी विश्लेषणसंग नजिक राखेर हेर्दा पनि यो केवल व्यक्तिको नेतृत्वको विरोध होइन, बरु सिंगो अर्ध–सामन्तवादी र अर्ध–औपनिवेशिक संरचना विरुद्धको चुनौती हो कि भनेर विश्लेषणहरु मिल्ने पृष्टभूमि पनि तयार गरी दिएको छ। यसरी हेर्दा, यो आन्दोलनले नेपालको सन्दर्भमा मात्र होइन, अन्य देश र क्षेत्रीय सन्दर्भमा पनि रेजीम चेन्ज ९व्यवस्था परिवर्तन० को शक्ति सम्भावना बोकेर आएको देखिन्छ।

भविष्यमा पार्ने प्रभाव
यो दुई दिनको बीचमा जेन जी आन्दोलनले संगठन बिना नै जुन सामाजिक र राजनीतिक शक्ति देखायो, राजनीतिक उथलपुथल गर्यो, निकट भविष्यमा नेपालको राजनीतिक अभ्यासमा जेन जी पुस्ताको दबदबा बढ्ने निश्चित छ। तर चुनौती के हो भने संगठनात्मक संरचना र दीर्घकालीन वैचारिक आधारको अभाव भने यसमा छ। अर्को तर्फ जेन जी पुस्ताले गरेको यो विद्रोह ले के पनि संकेत गर्छ भने जेन जी भन्दा पहिलाको राजनीतिक नेतृत्व र उपस्थित बीच कसरी समन्वय मिलाउने भन्ने देखाएको छ। यी दुई बिच राजनीतिक रूपमा मिलाउन सकेको खण्डमा पनि बुझाइ बीच रहेको अन्तर कसरी कम गर्ने भन्ने प्रमुख कारण बन्ने देखिन्छ। यदि यो पुस्ताले आफूलाई राजनीतिक कार्यक्रम र विचारधारामा संगठित गर्न सकेन भने आन्दोलन क्षणिक बन्न पनि सक्छ। त्यतिबेला सिंगो राजनीतिक प्रणालीमा समस्या त आउन सक्ने नै भयो तर त्यस संकटलाई समाधान गर्न संभावित आधार के हुनसक्छ भन्ने कुरा पनि उत्तिकै महत्व पूर्ण छ। यदि संगठन र सिद्धान्त सँगै जोडियो भने, यसले नेपालको सत्ता संरचनालाई मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली राजनीतिक संस्कृतिलाई हल्लाउन सक्छ। त्यति बेला पुराना र स्थापित राजनीतिक सिद्धान्त र विचार बीचको समायोजन कसरी गर्दै लैजाने भन्ने पनि बहसको विषय जन्मेको छ।

क्षेत्रीय राजनीतिमा प्रभाव
दक्षिण एसियाको राजनीति र सत्ता परम्परागत रूपमा लामो समयदेखि उही पुराना दलहरू, परिवार–केन्द्रित नेतृत्व र सैन्यरब्युरोक्रेटिक प्रभुत्वमा आधारित राजनीतिक अभ्यास र वैधानिक शासन चल्दै आएको छ। तर भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका सबैतिर युवाहरूमा असन्तुष्टि बढिरहेको छ। नेपालमा सुरु भएको जेन जी आन्दोलन यस क्षेत्रमा नयाँ राजनीतिक प्रयोगको “प्रेरणा” बनेर युवाको लागि नेपालमा जस्तै जेन जी आन्दोलनको आधार निर्माण हुन्छ कि भन्ने खतरा बढेको छ। यसले जेन जी पुस्तामा मात्र नभई दक्षिण एसियाका देश लगायत अन्य देशको किसान आन्दोलन वा नागरिक समाजको असन्तुष्टिलाई पनि जोड्दै लैजान सक्ने, र यसले डिजिटल आन्दोलनको स्वरूपमा विकास गरेर क्षेत्रीय रुपमा नै राजनीतिक संकट ल्याउन सक्छ। अहिले पाकिस्तानमा युवाले पुरानो सेनामुखी संरचना विरुद्ध उठाइरहेको आन्दोलन लाई पनि जोडेर हेर्न सकिन्छ। त्यस्तै श्रीलंकामा आर्थिक संकटपश्चात् देखा परेको युवाको विद्रोह पनि नेपालको जेन जीको आन्दोलनको स्वरुप सँगै जोडेर हेर्न सकिन्छ ।यसरी हेर्दा, नेपालमा जन्मिएको विद्रोह केवल आन्तरिक नभई क्षेत्रीय राजनीतिक चेतनाको अवस्थामा आएको नयाँ चरण को संकेत हो।

अन्तर्राष्ट्रिय आयाम
पुँजीवादी विश्व प्रणालीसँग जोडिएको नेपालमा जेन जी आन्दोलन अन्तर्राष्ट्रिय ध्यानको विषय बन्नु स्वाभाविक हो। आफ्नो स्वार्थ र बुझाइ अनुसार यस आन्दोलन र यसले दिएको परिणाम लाई फरक फरक तबरले व्याख्या गर्न शुरू भएको छ। जहां पश्चिमी राष्ट्रहरूले यसलाई लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको संघर्षको रूपमा व्याख्या गर्दै होला भने त्यस इतरका देशहरु चीन र भारतजस्ता छिमेकी शक्ति राष्ट्रहरूले छुट्टै कोणबाट व्याख्या गरी यसलाई अस्थिरता र सुरक्षा–जोखिमको रूपमा पनि हेर्छ होला वा बुझ्छ होला। तर यसको प्रभाव भने नेपाललाई मात्र होइन, सम्पूर्ण हिमालय क्षेत्रीय भू–राजनीतिक समीकरणलाई समेत पार्न सक्छ। यो संग वैचारिक धरातल पनि जोडिएको छ।

उत्तम र पारदर्शी, समानता, निष्पक्ष शासकीय व्यवस्था निर्माण गर्न सक्छ भनी विस्तार भएको राजनीतिक प्रणाली ूडेमोक्रेसीू र यसको डेमोक्रेटिक व्याख्यालाई नै झट्का दिएको हो कि वा यसलाई थप परिष्कृत गरेर लैजान सकिने स्थान छ भन्ने देखाएको हो अध्ययनको पाटो बनाइदिएको छ। डेमोक्रेसीमा देखिएको सुशासनको अभाव, मौलाएको भ्रष्ट्राचार, त्यसलाई मिलेको राजनीतिक संरक्षण, प्रसय पाएको नातावाद ९ नेपोटिजम अर्थात् जेन जी ले निर्माण गरेको शब्दावली ू नेपोबेबि ू० , न्यायिक तरलता हेर्दा यसको बेसिक प्रिन्सिपलमा नै खोट छ कि भनेर भन्ने ठाँउ पनि दिएको हुँदा यो एउटा सिस्टमको असफलता हो कि जस्तो पनि देखिन्छ। यसको विकल्प के हुन्छ त भनेर बहस गर्ने ठाउँ पनि मिलेको छ।

जेन एक्स र जेन जी बीचको सम्बन्ध
यो दुई दिन चलेको जेन जी को आन्दोलनले थप अर्को जिज्ञासा जन्माएको छ। जेन एक्स ९३०–५० उमेर समूह० हाल राजनीतिक र आर्थिक हैसियतमा महत्वपूर्ण बन्दै गएका छन्। प्रविधि, शिप, अनुभव र व्यवस्थापकीय कौशलमा अगाडि छन्। सैद्धान्तिक र वैचारिक राजनीतिक बुझाइ र प्रशिक्षण पाएको र नजिक रहेको यो पुस्तामा संरचनागत सोचमा ढिला भए पनि राजनीतिक रुपमा योग्य नै छ, भलै त्यो क्षमतालाई सदुपयोग गर्न नसक्दा नेपालमा जेन जी को हैसियत निर्माण भएको भने यथार्थ हो।

आगामी दिनमा यी दुवै पुस्ताबीच रहेको अन्तरलाई समयमा नै कम गर्दै मिलाएर लैजान सकेन भने दुई पुस्ता आपसी अविश्वास निर्माण भई थप अस्थिरता बढ्न सक्छ। त्यसैले यी दुई राजनीतिक पुस्ता बीच सहकार्य गर्न सक्ने वातावरण गरी जेन एक्सको अनुभव र जेन जी को नवप्रवर्तनशीलता लाई जोडेर राजनीतिक सँगै आर्थिक सामाजिक विकास, स्थिर र प्रगतिशील समाज बनाउन पहल गर्नु पर्छ।

पुस्ता अन्तरक्रिया र स्थायित्व
यसरी हुन सक्ने अन्तर र संभावित द्वन्द्व कम गरी क्षेत्रीय रुपमा स्थिर र प्रगतिशील अवस्था सृजना गर्न, जेन जी को तत्कालिक विद्रोहलाई स्थायित्व दिन पुस्ता–बीच अन्तरक्रिया आवश्यक छ। यसका लागि संवाद र सहकार्यका साझा प्लेटफर्महरू निर्माण गर्नुपर्छ। राजनीतिक प्रशिक्षण र वैचारिक शिक्षा ९मार्क्सवादी, लोकतान्त्रिक मूल्य० मा दुवै पुस्तालाई सहभागी गराउनुपर्छ। चुनाव, बहस, र डिजिटल सहभागितामा सन्तुलन खोजिनुपर्छ।

क्षेत्रीय सहकार्यको आवश्यकता
जेन जी आन्दोलनले देखाएको असन्तुष्टि केवल नेपालको समस्या होइन, सिंगो दक्षिण एसियाको साझा अनुभव हो। त्यसैले क्षेत्रीय तहमा सहकार्य अपरिहार्य छ। दक्षिण एसियाली वा अन्य क्षेत्रीय संयन्त्रमार्फत युवाको राजनीतिक सहभागिता बढाउन सकिन्छ। अन्तर्राष्ट्रिय स्तरमा डिजिटल अधिकार, पारदर्शिता, शिक्षा र रोजगारी सँग सम्बन्धित सहकार्य बढाउन जरुरी छ। यदि क्षेत्रीय सहकार्य नभए, युवाको विद्रोह टुक्राटुक्रा भएर हिंसा र अस्थिरतामा परिणत हुन सक्छ।

निष्कर्ष
नेपालमा जन्मिएको जेन जी आन्दोलन केवल भ्रष्टाचारविरोधी विद्रोह होइनस यो अर्ध–सामन्तवादी संरचना र पुरानो राजनीतिक हेजेमोनीविरुद्धको ऐतिहासिक चुनौती हो। यसले केवल नेपालको राजनीति मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली राजनीतिमा नयाँ प्रश्न उठाएको छ। युवा पुस्ताले सत्ता र विचारमा निर्णायक भूमिका खेल्ने समय सुरु भयो। तर दीर्घकालीन स्थायित्वका लागि संगठन, विचारधारा, पुस्ता सहकार्य र क्षेत्रीय साझेदारी अपरिहार्य हुनेछ। अतः स्थायित्व र शान्तिको लागि जेन एक्सको राजनीतिक, सामाजिक अनुभव जेन जी को ऊर्जा, सक्रियता, शिप, ज्ञान अनुभवलाई जोडेर साझा क्षेत्रीय युवा र राजनीति लक्षित रणनीति विकास गरेर जन जरुरी छ। यसको लागि दक्षिण एसियाली देशमा भएका सरोकारवाला संग पनि सहकार्य गरेर आवश्यक योजना निर्माण गरी कार्यक्रम मार्फत युवालाई प्रशिक्षित गर्दै भविष्यको सुरक्षित क्षेत्रीय राजनीतिक वातावरण निर्माण गर्न सकिन्छ । जुन सम्भव छ।  – लेखक आर्थिक राजनीतिक विश्लेषक हुन्