काठमाडौं । जेनजीको भ्रष्टाचार तथा बेथिति विरोधी विषयमा भएको प्रर्दशनमा केपी ओली नेतृत्वको सरकार नरसंहारमा उत्रिएपछि अन्ततोगत्वा सरकार पत्तासाफ मात्र भएन संसद नै गुम्यो । प्रर्दशनका क्रममा प्रहरीको गोली लागि एकैदिन १९ जनाको निधन भएको थियो भने । घाईतहरुको उपचारका क्रममा निधन भयो । समाचार तयार पार्दासम्म ५१ जनाले आफ्नो ज्यान गुमाएका छन् । अझै ३ सय भन्दा बढी घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
जेनजी आन्दोलन कै कारण नेपालको पहिलो अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने सौभाग्य पूर्व प्रधानन्यायाधीश शुसिला कार्कीले पाएकी छिन् । केही बेरमा नै सुशिला कार्कीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने छिन् । प्रधानमन्त्रीको शपथ ग्रहण बने लगनै बस्ने मन्त्रीपरिषद्को पहिलो वैठकले वर्तमान संसदलाई विघटन गर्ने निर्णय गर्नु पर्ने छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको नेपाली सेनाका सेनापति, राष्ट्रपति र जेनजी प्रतिनिधिहरुको त्रिपक्षीइ सहमति अनुरुप सुशिला कार्कीले शपथ ग्रहण गरे लगतै पहिलो निर्णय नै संसद विघटन गर्नुपर्ने छ ।


Add Comment