काठमाडौं । नेपाली सेनाप्रति नेपाली जनताको ठूलो विश्वास र भरोस छ । त्यही भएर पनि होला हरेक संकटका अवस्थामा नेपाली जनताले सेनालाई हार गुहार गर्दछन् । जनताले सेनालाई हार गुहार गरेपनि संविधानत ः सेनाले कतिपय अवस्थामा आफूलाई बाहिर निस्कन मिल्दैन र सक्दैन । तर आफूले सुरक्षा गर्नु पर्ने क्षेत्रको सुरक्षामा सेना प्रतिवद्ध हुनु पर्छ र प्रतिवद्ध पनि छ । तर गत सोमबार र मंगलबार भएको जेनजी आन्दोनलमा भने नेपाली सेना चुकेको हो कि भन्ने संकेत दिएको छ ।
जेनजी आन्दोलनमा नेपाली सेनाले सुरक्षा गरिरहेको सिंहदरबार र राष्ट्रपति निवासलाई जोगाउन सकेन । अर्थात आज राष्ट्रपति निवासमा जुन पोजिसनमा सेना बसेको थियो । त्यही पोजिसनमा मंगलबार सिंहदरबार र शितल निवासमा बसेको भए सिंहदरबार र त्यहाँ भित्र रहेको ऐतिहासिक दस्तावेज खरानी हुने थिएन ।
(हेर्नुस् जलेको राष्ट्रपति कार्यालय अगाडि शुक्रबार सेनाको पोजिसन)



Add Comment