अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ ग्रहण, पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं । जेनजी आन्दोलनले सत्ता परिवर्तन भएकोछ । जेनजी कै माग अनुरुप वर्तमान संसद विघटन हुने गरी अन्तरिम सरकारका लागि प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीले शपथ ग्रहण गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेकी छिन् ।

राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् । तर शितल निवास परिसरमा सयौं पत्रकारलाई प्रवेश गर्न दिइएको छैन । सञ्चारकर्मीहरु बाहिर सडकमा बसिरहेका छन् । उनीहरुलाई शितल निवास प्रवेशमा रोक लगाइएको छ । शितल निवास वरपर नेपाली सेनाले सुरक्षा दिईरहेको छ ।