जेनजी आन्दोलनमा सेना सक्रिय नहुँदा सिंहदरबार खरानी

काठमाडौं । इतिहास बोकेको सिंहदरबार जेनजी आन्दोलनका नाममा पूर्ण रुपमा ध्वस्त बनाइएको छ । जेनजी आन्दोलन भ्रष्टाचार र बेथिति मुक्त गराउने प्रर्दशनी थियो । माइतीघर मण्डलामा विद्यालयको पोशाकमै उपस्थित भएका विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनका लागि पहल गरिरहेका थिए । प्रर्दशनीमा अपशब्द तथा व्यक्तिगत लाञ्छना लगाउने खालको नारालाई पूर्ण रुपमा निषेध गर्दै त्यस्तो नारा लगाए तत्काल समातेर सुरक्षा निकायलाई जिम्मा लगाउने थियो ।

जेनजीको प्रर्दशनी माईतीघरबाट नयाँ बानेश्वर तर्फ अगाडि बढ्दा प्रर्दशनीकारीहरुको संख्या यतिधेरै बढ्यो कि तैनाथ गरिएका सुरक्षाकर्मीलाई सुरक्षा दिन निकै हम्मे हम्मे परेको थियो । प्रर्दशनकारीले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहे । त्यसबेला त्यहाँ जेनजी बाहेक अरु पनि प्रवेश गरिसकेका छन् भन्ने कुरा प्रहरीले आंकलन गर्न सक्यो सकेन उसैलाई थाहा होला ।

भ्रष्टाचारको अन्त्य, बेथिति अत्न्यसँग सरकारले सामाजिक सञ्जाल माथि गर्न खोजेको नियन्त्रणलाई उनीहरुले आफ्नो मूल एजेण्डा बनाएका थिए । निकै राम्रा र उत्कृष्ट नाराका साथ जेनजी आन्दोलन भईरहँदा बानेश्वरमा विद्यार्थीहरुको माथि बर्बर किसिमले गोली प्रहार भएपछि स्थिति तनावपूर्ण बन्यो । केही विद्यार्थी त्यही ढले । केही घण्टाको तनावपूर्ण आन्दोलनमा १९ जनाले ज्यान गुमाए ।

१९ जना विद्यार्थीको ज्यान जाने गरी भएको बर्वरतापूर्ण बर्षाएको गोली र नरसंहार विरुद्ध मंगलबार विहानैदेखि आन्दोलनको रुप फेरियो । प्रर्दशन काठमाडौंमा मात्र केन्द्रित थिएन । देशैभर आगो सल्किएजसै गरी सल्कियो । आन्दोलनकारी र प्रहरीवीचको झडपसँगै प्रर्दशनकारीहरुले संसदलाई आफ्नो नियन्त्रणमा लिए र आजगनी गरे । प्रर्दशनकारीले बानेश्वरको संसदमा आगजनी गरेपछि जिल्ला अदालत, सर्वोच्च अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, स्वास्थ्य मन्त्रालय लगायत सिंहदबार बाहिर रहेका सरकारी कार्यालयमा समेत आगजनी गर्दै अगाडि बढेका थिए ।

सिंहदरबारको सुरक्षामा नेपाली सेना खटिएको भएपनि सिंहदरबारको पश्चिम गेटमा नेपाली सेनाले आफ्नो सुरक्षालाई अझ कडा र व्यवस्थित बनाउन नसक्दा जेनजीका नाममा प्रवेश गरेका अनेकथरी रङ्ग र रुपमा आन्दोलनकारीहरुले सिंहदरबारमा आगजनी गरी खरानी बनाए ।

नेपाली सेनाले सिंहदरबारलाई जोगाउनका लागि पहल गर्न सक्थ्यो । प्रर्दशनकारीलाई पानीको फोहोरा लगायत केही हस्तक्षेप गरी सिंहदरबार जलाउनबाट रोक्न सक्थ्यो । तर सेनाले आदेश कुरेको थियो वा के भयो सिंहदरबार सहजै आन्दोलनकारी पसे र सिंहदरबारमा आगो लगाए । प्रर्दशनकारी आगो मात्र लगाएनन् । एउटा नेपालको महत्वपूर्ण इतिहास र दस्तावेशलाई खरानी बनाए । सिंहदरबारमात्र जलेन त्यहाँ भएका नेपालको सिंगो इतिहास नै खरानी भयो । सदा सदाका लागि इतिहास मेटियो ।