जेनजीको सपना अन्धकार बनाउँदै उज्यालो नेपालका नक्कली नायक

काठमाडौं । उज्यालो नेपालका नायकका रुपमा चिनिएका पूर्व विद्यु्त प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ्ग जेनजी आन्दोलनको बलमा उर्जा मन्त्री भए । जेनजी आन्दोलनका क्रममा ५२ जना य्ुवाहरुले आफ्नो प्राण दिए । सोही आन्दोलनमा अन्य सवै गरी ७४ जनाले ज्यान गुमाए । भ्रष्टाचार विरुद्ध, सुशासनका लागि जेनजीले गरेको आन्दोनलले ल्याएको परिवर्तन पछि अन्तरिम सरकारको उर्जा मन्त्री घिसिङ्ग भएदेखि फेरि उर्जा क्षेत्रमा संकट पर्न थालेको छ । अर्थात हरेक दिन विद्युत आपूर्तिमा गडबढ हुन थालको छ ।

उज्यालो नेपालका नायकमा परिचित घिसिङ्ग मन्त्री बने लगतै उनले आफू विरोधीहरुलाई सिध्याउन थाले । अर्थात प्राधिकरणको कार्यकारी निर्देशकदेखि विद्युत विभागको महानिर्देशक फेर्ने काम उनले गरे । तर उनले जिम्मेवारी दिएका व्यक्तिहरुले पद सम्हालेदेखि हरेक दिन लोडसेडिङ्ग हुन थालेको छ । ढुङ्गाले हान्नेलाई फूलले हानेर दुश्मनको पनि चोट पु¥याउन सकिन्थ्यो । तर, कुलमानले त्यसो गर्न सकेनन् । आखिर उनी पनि त दुधले नुहाएका व्यक्ति त थिएनन् । त्यसैले होला उनले आफ्नो मान्छे भर्ति गर्न थालेलगतै लोडसेडिङ्ग हुनु भनेको उनी उज्यालो नेपालको नक्कली नायक हो भन्ने अनुमान लगाउन सकिन्छ ।

जेनजीको सपना पूरा गर्ने म्याण्डेट वोकेर गएका घिसिङ्गले ती सपनाहरुलाई अन्धकार बनाउने काम गर्न शुरुवात गरिसकेका छन् । जव मन्त्री भए यिनीहरुका असली अनुहार पनि देखिएको छ । अरुलाई यूट्यूव वोकेर हल्ला गर्ने भन्न रुचाउने उनी आफै एक पूर्व पत्रकारलाई निजी सचिव बनाएर अर्थ न वर्तको विज्ञप्ति जारी गर्दै उर्जा हेर्ने पत्रकारहरुको ग्रुपमा उनै पूर्व पत्रकार हाल एक उर्जा कम्पनीमा सञ्चार विज्ञका रुपमा काम गर्दै घिसिङ्ग प्रशंसा गर्दै समाचार प्रकाशन गराईरहेको देखिन्छ ।

घिसिङ्ग हिजो उज्यालो नेपालको नायक बनाइएको थिए । अहिले मुलुकलाई नै आमूल परिवर्तन गरी जेनजीले गरेको आन्दोलनबाट अन्तरिम सरकारको मन्त्री बनेका छन् । अहिलेको विषय परिस्थितिमा जसरी काम भन्दा पनि आफ्ना दुश्मन र मन नपरेको व्यक्ति सिध्याउने अभियानमा उनी जुटेको छन् यसले घिसिङ्गलाई उज्यालो नेपालको नक्कली नायक पुष्टि गराउने आधारहरु तयार गरिरहेको छ ।