काठमाडौं। जनेजी आन्दोलनपछि संससद विघटन गरी पूर्व प्रधानन्यायाधिश शुशिला कार्कीको नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको भन्दै नेकपा एमाले संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदातल जाने भएको छ । एमालेको तीनदिनदेखि जारी वैठकले सो निष्कर्ष निकालेको हो ।
नेकपा एमालेले पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको साथै हालको गतिविधिलाई प्रतिगमनको संज्ञा दिँदै एमालेले प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको निष्कर्ष निकालिएको भन्दै ‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनःस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ ? भन्ने प्रश्न राखेका थिए । उनले पार्टिको केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्ने र त्यसमा सोही एजेन्डामा छलफल बताए ।


Add Comment