काठमाडौं । जेनजी आन्दोलनबाट अन्तरिम सरकारको प्रधानमन्त्री बन्न सफल पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई गिरफ्तार गरी छानविनको माग गर्दै जेनजीहरुले नेपाल प्रहरीका प्रमुखलाई निवेदन दिएका छन् । शुक्रबार प्रेस विज्ञप्ति मार्फत जारी गर्दै एनटेक जेडका संयोजक सुरेन्द्र घर्तीले प्रधानमन्त्री सुशिला कार्कीले जेन्जी विद्रोहको क्रममा देशका युवाहरुको रगतमाथि सत्ता कु गरेर प्रधानमन्त्री पदमा बसेको र सो कदम संविधान, कानूनी परम्परा र जनताको म्याडेटको ठाडो उल्लंघन भएको आरोप लगाएका छन् ।
घर्तीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ , अवैधानिक तरिकाले सत्ता कब्जा गर्नु राष्ट्रको गरिमा, गोपनीयता र स्वाभिमान विपरित भएको र यसले गम्भीर राष्ट्रघातको खतरा उत्पन्न गरेको हाम्रो आन्दोलनको मत हो ।
जेनजी विद्रोहका क्रममा युवाहरुमाथि गोली चलाउने, हत्या र दमनमा संलग्न अपराधीहरुलाई संरक्षण र प्रोत्साह दिइएकोर फेरि निर्वाचनको नाममा अभिनय गरेर बलिदानीहरुको रगत माथि राजनीति गरिएको छ भन्ने आरोप समेत लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ । सुशिला कार्की सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहँदा पार्टीका कार्यकर्ताहरुलाई नयायधिक नियुक्ति गर्ने, न्यायालयको स्वतन्त्रता कमजोर पार्ने र विभिन्न प्रष्टाचारमा प्रकरणमा संलग्न भएकोले तुरुन्त पक्राउका लागि माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै जेनजी आनदोलन नेपालका तर्फबाट रविकिरण हमालले पनि प्रहरी महानिरीक्षकलाई सम्वोधन गर्दै अनलाईन मार्फत उजुरी दिएको बताएका छन् । उनले पनि पटक पटक विज्ञप्ति जारी गरी अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले पक्राउ गरी निष्पक्ष, पारदर्शी र खुला कानूनी छानविनका लागि माग गरेका छन् ।
जेनजी समूहका नाममा प्रधानमन्त्री कार्की विरुद्ध अनलाईन उजुरीका विषयमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक विनोद घिमिरेले अनलाईनमा गरिएका उजुरी हदम्याद भित्र सनाखत गर्नु पर्ने र जिल्ला न्यायाधिवक्ता मार्फत परामर्श लिएर सोही अनुरुप अगाडि बढ्ने बताए । उनले अहिलेसम्म उजुरी प्राप्त नभएको र उजुरी प्राप्त भएमा कानूनी परामर्श लिएर अगाडि बढ्ने जानकार दिएका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीलाई गिरफ्तार गरी छानविन गर्न जेनजीको प्रहरीमा उजुरी

Add Comment