काठमाडौं । आफ्नै मातहतमा रहेको सरकारी श्रव्यदृश्य सञ्चार माध्यम नेपाल टेलिभिजनले प्रशारण आरम्भ गरेको एनटिभी वल्ड नयाँ पसल भएको सञ्चार मन्त्री जगदीश खरेलको भनाई छ । नेपाल टेलिभिजनले नयाँ च्यानलका रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर औपचारिक रुपमा शुभारम्भ गरेको थियो ।
टेलिभिजनको औपचारिक प्रशारण आरम्भलाई सम्वोधन गर्ने क्रममा मन्त्री जगदीश खरेले नेपाल टेलिभिजनले नयाँ पसल खोलेको र पसल चल्ने नचल्ने भन्ने कुरा अहिलेसम्म प्रशारण भएका पाँच वटा च्यानलबाट नै पुष्टि हुने बताएका छन् ।
पछिल्लो समयमा प्रविधिको प्रयोगसँग टेलिभिजन हेर्ने दर्शको संख्या घट्दै गएको अवस्थामा नेपाल टेलिभिजनले अर्को च्यानल प्रशारण आरम्भ गर्न हुन्थेन भन्दा पनि नयाँ पसल केका लागि भन्ने संकेत उनले गरेको थिए ।
नेकपा एमाले निकट रहेका र आफूले काम गरेको च्यानल नेपालका पूर्व हाकिम डा महेन्द्र विष्ट यतिखेर उनले नेतृत्व गरिरहेको सञ्चार मन्त्रालय मातहतमा रहेको सार्वजनि प्रशारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा आसिन छन् ।
महेन्द्र विष्ट यस अघि पनि केपी ओली प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षका रुपमा जिम्मेवारी लिएका व्यक्ति हुन् । त्यसबेला ओलीले राजीनमा दिएसँगै नैतिकताका आधारमा भन्दै कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । तर अहिले जेनजी आन्दोलन पछि भने उनले नैतिकता देखाएनन् बरु उनले नयाँ टेलिभिजन च्यानल चलाउँदै एमाले निकट कार्यकर्ताहरुलाई जागिर खाने थलोका रुपमा विकसित गर्दै लगिरहेको आरोप लागेको छ ।
नेपाल टेलिभिजनकोे छैठौ च्यानल नयाँ पसल भएको सञ्जार मन्त्रीको भनाई

Add Comment