स्वतन्त्र निर्वाचित वडा अध्यक्ष यादवको गोली हानी हत्या

काठमाडौँ । धनुषा जिल्लामा शुक्रबार साँझ स्वतन्त्र रुपमा निर्वाचित वडा अध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ । धुनषा जिल्ला मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको हो ।
शुक्रबार साँझ अज्ञात समूहले वडा अध्यक्ष यादवलाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकोछ ।