काठमाडौं– गायक ईश्वर श्रेष्ठको नयाँ लोक–दोहोरी गीत ‘कार्तिके कुकुर’ सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नै युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरेका हुन्।
गीतमा ईश्वर श्रेष्ठसँगै प्रतिमा अर्याल र नोविनले स्वर दिएका छन्। गीतका शब्द तथा लय पनि स्वयं श्रेष्ठकै रहेको छ।
संगीत भिडियोमा बिनिता दाहाल, कल्पना खनाल र गायक श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियो छायांकन विशाल योञ्जनले गरेका हुन्।
‘कार्तिके कुकुर’मा समाजमा देखिने बहुविवाहका समस्यालाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ। एक पुरुषले दुईवटा श्रीमती विवाह गरेपछि पनि दैनिक एक छाक भोजनसमेत पाउन कठिन हुने अवस्थामार्फत गीतले बहुविवाहको दुष्परिणाम चित्रण गरेको छ।
गीतमार्फत नेपाली समाजमा दुईवटी श्रीमती राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै यस्तो प्रथाले परिवार र व्यक्ति दुवैको जीवन अव्यवस्थित हुने गहिरो सन्देश दिन खोजिएको छ।


Add Comment