काठमाडौं । गत भाद्र २३ र २४ गते जेनजीले गरेको विद्रोहले बलियो मानिएको एमाले कांग्रेस गठवन्धनको सरकार सत्ताच्यूत भयो । त्यही विद्रोहले प्रतिनिधिसभामा विघटन गर्न वाध्यमात्र पारेर नयाँ नागरिक समाज नेतृत्वको सरकार निर्माण पनि गरेको थियो । जेनजी विद्रोहले उठाइएको मुद्दालाई साकार बनाउन र शहिदहरुको सम्मानका लागि जसरी सरकारले काम गनर््ु पर्ने थियो त्यो गर्न सकिरहेको छैन । यद्यपी ८४ मा हुने निर्वाचनालाई ८२ मा नै सार्न भने सफल भएको छ ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि समानुपातिक तर्फ वन्द सूचिमा नाम सिफारिस गर्ने समयसीमा सकिएको छ । तर त्यो वन्द सूचिमा परम्परागतवादी राजनीतिक दलदेखि नयाँ दलहरुले समेत जेनजीको म्याडेड विपरित वन्द सूचिमा नाम दर्ता गराएका छन् ।
समानुपातिक प्रणाली पहुँच नपुग्नेहरुका लागि हो भन्ने उदेश्यलाई लत्कारर्दै विगतमा राजनीतिक दलहरुले जसरी दुरुपयोग गरेका थिए । अहिले फेरि उही कुरा दोहोरिएको छ । निर्वाचन आयोगमा ६४ दलले समानुपातिक प्रणालीको भावना विपरित आफन्त, नाता र दामभेटीकै आधारमा सूचि दर्ता गएका छन् ।
दलहरुले बुझाएका वन्द सूचिमा सिमान्तकृत, पहुँचमा नपुगेको बर्ग भन्दा पनि शक्तिको वरपर घुम्ने, व्यवसायी, विगतदेखि नै शक्तिमा रहेका व्यक्तिको छोराछोरी वा निकटका व्यक्ति, पहुँचमा रहेका र सम्पन्न कलाकार, पत्रकार, खेलाडीहरुको नाम वन्द सूचिमा छ ।
यसले के देखिन्छ भने जेनजीले ‘नेपो बेबी’ भन्दै गरेको विद्रोह र त्यो विद्रोहले निम्त्याएको निर्वाचनमा पनि कुनै परिवर्तन हुने संकेत भने देखिएन । फेरि पनि नातावाद, कृपावाद र आर्थिक चलखेल वा दाताहरुकै हालीमुहाली भएको स्पष्ट देख्न सकिन्छ ।
उदेश्य विपरित समानुपातिकको वन्द सूचिमा नाम, नाता र दाताकै हालीमुहाली

Add Comment