काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर निर्वाचित भएर गएदेखि एक पटक पनि जनतासँग प्रत्यक्ष भेट्न नचाहेका निवर्तमान मेयर बालेन्द्र साहले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भने जनकपुरमा गएर मज्जाले भाषण गरेका छन् । चार बर्षसम्म कामको बेफुर्सदीले बोल्न नपाएको भन्दै उनले मधेशी जनतालाई जनकपुरबाट नै सवै काम हुने र काठमाडौं मन्दिर दर्शन गर्न मात्र जाने गरी आफूले काम गर्ने आशाा देखाए ।
विशेष गरी जनकपुरमा भएको सो कार्यक्रममा युवाहरुको उपस्थितिले धेरैलाई चकित पारेको थियो । बालेन बाहिर ननिस्किएने भएकाले पनि जनकपुरमा बालेन देखिने भएपछि उनलाई हेर्न राजनाीतिक समर्थक मात्र होइन उनको ¥याप गीतका प्रशंसंकहरु पनि निकै नै पुगेको थिए ।
अव रह्यो कुरो बालेनले दिएको भाषण र आशाको । बालेनले महानगरको मेयर निर्वाचित हुनु भन्दा अगाडि पनि यसैगरी मतदातालाई आशा देखाएका थिए । निर्वाचनको हतारोले गर्दा घरदैलोमा आउन सकिन निर्वाचित भएर आएपछि घरदैलोमा गएर भेट्न आउँछु । तर बालेन निर्वाचित भएर महानगर छिरेपछि कहिल्यै जनतासँग साक्षात्कार गर्न सकेनन् ।
स्थानीय तहले गर्नु पर्ने सार्वजनिक सुनुवाई समेत एक पटक नगरी राजीनामा दिएर झापा ५ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदारी दिँदै छन् । त्यसकारण पनि बालेन मतदाताका छेउ पुग्ने भनेकै निर्वाचनको समयमात्र हो । त्यत्तिबेलासम्म उनले आशा मात्र देखाउने भने त्यसपछि भने उनले जनतलाई निराशा नै बनाउँछन् ।
बालेनले भोट माग्दा आशै आशा निर्वाचन पछि मतदाता निराशा

Add Comment