पाकिस्तान नेपाल मैत्री टि ट्वाण्टी क्रिकेट प्रतियागिता सम्पन्न

काठमाडौं । पाकिस्तान नेपाल मैत्री टि ट्वाण्टी क्रिकेट प्रतियागिताको ११ औं संस्करणको फाइनल खेलमा बालुवाटार क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । गत फेब्रुअरी ७ देखि १५ सम्म पाकिस्तान दूतावासको क्रिकेट मैदानमा पाकिस्तानको टोली र नेपाली टोलीवीच भएको फाइनल खेलमा सो एकेडेमीले जित हासिल गरेको हो ।
विजयी खेलाडीहरुलाई पुरस्कार सहित सम्मान गर्नुहुँदै नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीले दुई देशहरू बीच युवा संलग्नता र खेलकुद आदानप्रदानलाई सुदृढ पार्ने पाकिस्तानको प्रतिबद्धता रहेको बताउनु भयो । उहाँले आगामी बर्ष २०२७ मा हुने प्रतियोगिताको १२ औं संस्करणमा १६ टोलीको सहभागिता हुने घोषणा समेत गर्नु भएको छ ।
कार्यक्रममा काउन्सिलर (राजनीतिक तथा शिक्षा) श्री इकबाल हैदरले नेपालमा उदीयमान प्रतिभालाई हुर्काउन प्रतियोगिताको भूमिकालाई उल्लेख गर्दै, जमीनी स्तरमा क्रिकेट प्रवर्द्धन गर्न पाकिस्तानी दूतावासको निरन्तर प्रयास रहने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सन् २०१४ देखि हरेक बर्ष पाकिस्ता नेपाल मैत्री टि ट्वाण्टी क्रिकेट प्रतियोगिता हुँदै आएको छ । ११ औं संस्करणको अन्तिम प्रतियोगितामा नेपालका लागि बंगलादेश, चीन, मलेसियाका राजदूतावासका प्रतिनिधि तथा सार्कका महासचिवको उपस्थिति रहेको थियो ।