काठमाडौं । शुक्रबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारले पदभार ग्रहण गरेको छ । कालो पहिरनमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शपथ ग्रहण पनि गरे । तर त्यही कालो पहिरनको नेतृत्वमा सेतो कपडामा रहेको दुई पूर्व भिआईपीलाई शनिबार विहानै कालो धब्वा लगाईदिएका छन् ।
भाद्र २३ र २४ गते भएको जेनजी विद्रोहको छानविन समितिले बुझाएको २३ गतेको घटनालाई मात्र आधार बनाएर सरकारले सिँधै कर्तव्यज्यान मुद्धाको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष र पूर्व गृहमन्त्री एवं काग्रेस नेता रमेश लेखकलाई सेतै पहिरनमा पक्राउ गरेको हो ।
पक्राउ परेका पूर्व प्रधानमन्त्री ओलीका पिताको दुई साता अघिमात्र निधन भएको र ओलीले भर्खरै मात्र काजक्रिया सम्पन्न गरी सेतै पहिरनमा बसेका थिए । त्यस्तै लेखकको आमाको भने जेनजी विद्रोहको केही दिन पछि निधन भएको थियो ।
भर्खरै काजक्रिया सकेर सेतै पहिरनमा बसेका ओलीलाई र लेखकलाई राजनीतिक प्रतिशोधका आधारमा सरकारले नियन्त्रणमा लिएको आरोप लागेको छ । त्यसको विरोधमा एमाले कांग्रेसले देशैभरी विरोध शुरु गरिसकेका छन् ।
सेतै कपडामा दुई पूर्व भिआईपीमाथि कालो धब्बा

Add Comment