विभिन्न प्रलोभन वा पुरस्कारका नाममा पनि विद्युतीय अपराध बढिरहेका छन् ।

पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै त्यही प्रविधिको सहि सदुपयोग नहुँदा समाजमा विद्युतीय अपराध पनि बढ्दै गईरहेको छ । इन्टरनेट अहिले अत्यावश्यक जस्तै बनिसकेको छ । इन्टरनेटको प्रयोग विना मानिसहरुको दिनचर्या नै ठप्प जस्तै बनिरहेको छ । तर, त्यही इन्टरनेटसँग गाँसिएर सामाजिक तथा आर्थिक अपराधको श्रृखला बढ्दै गएको मात्र होइन समाज नै गतल बाटो तर्फ उन्मुख भईरहेको हो कि भन्ने भान भईरहेको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट बढ्दै गईरहेको अपराध र समस्याका बारेमा नेपाल प्रहरी साइवर व्यूरोका प्रवक्ता समेत रहनु भएका प्रहरी उपरिक्षक पशुपति कुमार रायसँग वैकुण्ठ भण्डारीले गर्नु भएको कुराकानीको अंश ः

० एक्काईसौ शताव्दी सूचना प्रविधिको युग भनिरहँदा त्यही सुचना र प्रविधिको प्रयोगबाट पछिल्लो समय नेपालमा अपराधहरु बढिरहेको छ भन्ने चर्चा र बहस हुन थालेको छ खास कुरा के हो ?
सुचना प्रविधिको दुईवटा पाटो छ एउटा सकरात्मक पाटो जुन अहिलेको एक्काइसौं शताब्दीमा वरदानको रुपमा लिन सक्छौं । योसँगसँगै आएको परिणामका रुपमा रहेको पाटो नै भन्नु पर्छ अपराध । यसको दुरुपयोग गरेर गरिने जुनसुकै क्रियाकलापहरु कानुनी रुपमा गैरकानुनी मानिन्छ । यस्ता गतिविधिलाई हामीले अपराध नियन्त्रणको पाटोका रुपमा अनुसन्धान गरी कम गर्दै लैजान सकिन्छ । विद्युतीय अपराधको त्यो पाटोलाई पहिल्याएर हेर्ने नेपाल प्रहरी साईबर ब्यूरोको पाँच वर्ष अघि मात्र स्थापना भएको छ र हामी त्यसैमा तल्लिन छौं ।

० विद्युतीय अपराधको अवस्थालाई हेर्ने हो भने बालबालिकासँग जोडिएका घटना बढ्दै गईरहेको छ भन्छन् नि ?
ठिकै हो । बालबालिकाको हकमा त हामी एकदमै गम्भिर छौं । अझै नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय प्लेटफर्महरु जो सँग हाम्रो सहकार्य भईरहेको हुन्छ । सूचना आदान प्रदान भईरहेको हुन्छ । उहाँहरु मार्फत पनि विभिन्न किसिमको ‘टेक्नोलोजी मेसिन लर्निङ’ भन्छ कृत्रिम बुद्धिमत्ता भैइरहेको हुन्छ । त्यो मार्फत पनि यदि कोहि बालबालिकालाई दुरुपयोग गरेर सामाजिक संजालमा इन्टरनेटमा अनलाइनमा कुनैपनि प्लेटफर्ममा त्यस्ता दुव्र्यवहारका घटनाहरु अथवा क्रियाकलापहरुलाई हामी पहिचान गरेर अगडी बढेको छौ । तर यो आफैमा पनि अलि चुनौतीपूर्ण छ । किनभने सुचना प्रविधिको जुन प्रयोग छ त्यसलाई ट्याप हामीले गर्छौं सामाजिक संजाल वा ईन्टरनेटमा गएर त्यसमा हरेकको ‘फुटप्रिन्ट’ बसेको हुन्छ । त्यो फुटप्रिन्टहरुलाई अनुसन्धान अधिकारीहरुले कति सम्म टेस्ट गरेर कसरी अभियुक्त सम्म वा अपराधिसम्म पुग्न सकिन्छ भन्ने एउटा प्रतिस्पर्धात्मक पाटो हुन्छ किनभने यो आफैंमा अन्तर्राष्ट्रिय अपराध हो । यसमा कुनैपनि सिमा हुदैन । जहाँसम्म ईन्टरनेटको पहुँच हुन्छ त्यहाँबाट सजिलै गर्न सकिन्छ यस्तो चुनौतीपूर्ण अबस्थामा पनि हामीले अभियुक्तहरुलाई कारबाहीको दायरामा ल्याएका छौँ । हामीले बालबालिकाको बिषयमा त धेरै गम्भीरताका साथ हेरेका छौ ।

० पाँच वर्षको यो अवधिको मूल्यांक गर्ने हो भने अहिले साईबर ब्यूरोमा आउने उजुरीहरु कस्तो छन् ?
हामीलाई धेरै प्राप्त हुने उजुरी भनेको सामाजिक संजाल अन्तर्गत कै हो । त्यो सामाजिक संजाल अन्तर्गत बिशेष गरि महिला तथा बालबालिकाहरु कै हुन्थ्यो । पछिल्लो बर्षहरुमा यो प्रबृत्तिमा परिवर्तन भएको भान हुन्छ । किनभने अहिले पुरुष धेरै पीडित हुँदै गएको देखिन्छ । ‘सोसल इन्जिनियरिङ’ जुन हामीले भनिरहेका छौं त्यही सामाजिक संजालमा राखेका जुन सामाग्री हुन्छ त्यही कुराहरुलाई अध्ययन गर्दा पहिला चाहिँ वान टु वान हुन्थे साईबर अपराध । एउटाले अर्कोलाई पीडित बनाउन सक्ने । साईवर व्यूरोमा दर्ता भएका मुद्दाहरुलाई हेर्ने हो भने अहिले संगठित रुपमै लागेको देखिन्छ । चार पाँच जना मिलेर नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई विभिन्न प्रलोभनमा पारेर विदेशबाट विभिन्न बैंकहरुमा खाता खोल्न लाउने अनि त्यसलाई दुरुपयोग गर्ने गरेको देखिन्छ । त्यत्तिमाात्र होइन जनु हामीले विद्युतीय अपराध भनिरहेका छौं, त्यस्ता मुद्दाहरु पनि धेरै छन् । यसमा बिशेष गरेर सफ्टवेयरहरुको गोपनीयताका कुराहरु, कसैका सिस्टम नेट्वर्कहरुमा ह्याकिङ गर्ने सेवा पु¥याउनको लागि राखिएको सिस्टमहरुमा क्षति पु¥याइदिने किसिमका घटनाहरु उजुरीमा आउने गरेका छन् ।

० विद्युतीय अपराध वा भनौ साईवर क्राइमको कुरा गर्दा कुन अपराध यसमा पर्छ भन्ने कुरामा आम नागरिकहरुमा अन्योल देखिन्छ । विद्युतीय अपराध के केलाई मान्ने हो त ?
विशेष गरी विद्युतीय अपराध हामीले दुई किसिमबाट हुन्छ भन्छौ । एउटा निश्चित लक्ष्य लिएर गरिएको । त्यो लक्ष्य कस्तो भयो भने जुन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजीका टुल्सहरु हुन्छ अथवा पूर्वाधारहरु हुन्छ । तिनिहरुमा प्रत्यक्ष रुपमा आक्रमण गर्ने गरेको हुन्छ । कुनै न कुनै कामको लागि त्यसलाई राखिएको हुन्छ । त्यो काममा अबरोध उत्पन्न गराउने अथवा त्यसमाथि आफ्नो नियन्त्रण बनाउने उसलाई के चाहिएको छ त्यो अनुसारको सिस्टम न हो त्यसलाई हेरफेर गर्दिने । त्यस्तै अर्को हाम्रोमा धेरैजसो सामाजिक संजालसँग जोडिएका छन् । हामिले राखेका सामाग्रीहरुलाई त्यहीबाट तिनीहरुले लिएर कतिपय अवस्थाहरुमा हाईजिङका कुराहरु हुन्छ । बालबालिकाहरुलाई यौन हिसांको लागि विभिन्न समयमा विभिन्न प्रलोभनमा पारेर गरिने अपराध चाहिँ पुरानै छ । त्यसलाई प्रविधिसंग जोडेर अझै यो गरुम भन्ने हिसाबले त्यसको दुरुपयोग गरेर गरिने भयो । एउटा सिस्ट्म नेटवर्क एप्लिकेसन माथी डाइरेक्ट प्रहार गर्ने र अपराध गर्ने अर्को चाहिँ ब्यक्तिलाई ठगी गरेर उत्पीडन गरेर गरिने अपराधलाई हामीले प्रत्यक्ष मानिन्छ ।

० कतिपय मानिसहरुले प्रश्न गर्नुहुन्छ सामाजिक संजालबाट गरिने दुव्र्यवहार अथवा कोहि ब्यक्तिलाई आक्षेप लाग्ने गरि कुनै वालमा केही लेख्यो भने त्यसलाई सामाजिक अपराध मान्ने कि नमान्ने ?
निकै राम्रो प्रश्न गर्नु भयो । हाम्रो आम बुझाई के छ भने अनलाइनमा, ईन्टरनेटमा अथवा सामाजिक संजालमा आएका कुरा साईबर अपराध हो कि जस्तो सोचिदिनुहुन्छ । त्यो होईन किनभने कतिपय कुराहरुको लागि विशेष ऐन बनाएको हुन्छ । खासमा त्यो विशेष ऐनले नै के लाई अपराध मान्ने कुन कसुरलाई कति सजाय दिने कति जरिवाना बनाउने त्यसको न्यूनिकरण के हुन सक्छ भन्ने कुरा लेखिराख्या हुन्छ । जस्तै कसैलाई सामाजिक संजालबाट अथवा विधुतिय माध्यमबाट गाली वेइजती ग¥यो भने त्यसका लािग मुलुकी अपराध संहिता २०७४ मा गाली वेइज्जतीको सम्बन्धि एउटा च्याप्टर नै छ । विद्युतियलाई अलि गम्भिर मानेर जस्तै दुई बर्ष कैद भन्या छ सामान्य गाली वेइज्जती गर्यो भने यदि विद्युतिय माध्यमको दुरुपयोग गरेर गरियो भने त्यसमा १ बर्ष थप सजाय भन्या छ भने ३ बर्ष हुने भयो । भने पछि कुनै ब्यक्तिले फेसबुक वा अरु सामाजिक संजालहरु प्रयोग गरेर ब्यक्तिगत मानहानी अथवा गाली बेइज्जती ग¥यो भने उसले ३ बर्ष कैद ?
त्यो सँगै ३ बर्ष कैद र कसैले लेखेकै आधारमा कसैको व्यक्तिगत जीवनमा नै असर हुने अबस्था आउन सक्छ । वा क्षति भएको छ भने जरिवानाको पनि ब्यबस्था गरिएको छ । त्यसका लागि नेपाल प्रहरीमा आईराख्नु परेन, सिधै जिल्ला अदालतमा गएर मुद्दा दाएर गर्न सकिन्छ । यस्तै तीन कुरालाई जस्तै गाली बेइज्जतिलाई जोड्नु भएका जुन साईबर अपराधहरु हुन्छ त्यसलाई त हामीले हेरिरहेका हुन्छौ गरिरहेकै हुन्छौं त्यसलाई अनुसन्धान गर्छौं ।

० पछिल्लो समय हेर्ने हो भने नेपालमा प्रविधिको प्रयोग बढेसँगै अनलाईन सञ्चार माध्यमहरु सञ्चालनमा आएका छन् । सामाजिक सञ्जालमा भएका गाली वेइज्जती वा डिजिटल सञ्चार माध्यमबाट भएका आरोपका बारेमा उजुरी कहाा गर्ने भन्ने अन्यौलमा भएको देखिन्छ त ।

यसमा दुईवटा पाटो छ । साईबर अपराध अन्तर्गतको जुन दफा विशेष गरेर विद्युतिय कार्यान्वयन २०६३ को दफा ४७ बमोजिम हुन्छ त्यसलाई हामीले । विशेष गरि सामाजिक सन्जाल जोडिराख्नु भएको छ भने अरु कानूनका दफाहरु छन । अब गाली बेईजतिको विषय हो भने बेग्लै कानून अपनाउनु पर्दछ । महिलासँग जोडिएर आएको ब्यक्तिगत रुपमा तोकिएर आएको कुरालाई अन्त जानुस भन्ने कुरा नि भएन त्यसका लागि हामीले सहजीकरण गर्ने गर्दछौं । दर्ता भएको हो कि हैन दर्ता भएको हो भने त्यही अनुसारको कारबाही र त्यसको किनाराको कुराहरु छ । हैन दर्ता भएको छैन र कसैमाथी साईबर अपराध हो भने हामीले नै मुद्दा चलाउने हो ।

० सामाजिक संजालको कुरा गरिरहदा पछिल्लो समय बैंक बित्तीय संस्थाहरुमा पनि अपराध झन झन बढ्दै गैइरहेको समाचारहरु आईरहेका छन यसलाई तपाईहरुले कसरी मुल्यांकन गर्नुहुन्छ ?
एक्काइसौं शताब्दीमा यो एकदम द्रुत गतिमा फैलावट भैइराखेको छ बढिरहेको छ । हरेक सेवामा यसको पहुँचको लागि सजिलो भएको छ तर यसलाई सदुपयोग गरेर सकारात्मक पाटोबाट हेर्ने हो भने धेरै फाईदा त छ । धेरै कुराहरुलाई यसले सहज बनाईराख्या पनि छ । तर यसैलाई दुरुपयोग गरेर कतिपय अबस्थामा दुरुपयोग गर्नेहरु पनि देखिएका छन् नदेखिएको हैन । तर यस्तोमा खास गरेर हामीले राखेको सामाजिक संजालको साधनहरु त्यसको सुरक्षा हामीले कसरी अपनाएका छौँ त्यो कुराहरु महत्वपूर्ण हुन्छ । किनभने हामीले प्रयोग गर्दा गर्दै पनि कहाँ क्लिक गरिराखेका छौं भन्ने कुरा बिचार नगर्दा ह्याकरले नियन्त्रणमा लिईरहेको हुन्छ । वैकहरुले ल्याएका नयाँ नयाँ एप्सहरुको प्रयोगलाईबढी सुरक्षित बनाउनु पर्ने अवस्था आईसकेको छ । त्यसतर्फ वैकिङ्ग क्षेत्रले पक्कै बढी सुरक्षित बनाउनका लागि लाग्नु भएको होला । नभए लाग्नु अनिवार्य भईसकेको छ ।
त्यसका लागि हाम्रा मेशिनहरुको तुलना पनि गर्नु आवश्यकत छ । गुणस्तरीय एवं सुरक्षित बनाउनु मेशिनरीलाई प्राथमिकतामा राख्नु पर्दछ । नत्र कसैले नियन्त्रण गर्न सक्छ । त्यो नियन्त्रण गर्नु भनेको अहिलेको हाम्रो भौतिक सम्पत्तिहरु पनि विद्युतिय माध्यममा जोडियो भने यसको दुरुपयोग हुन सक्ने सम्भावना बढी हुन्छ त्यही भएर सहि सदुपयोग गर्नु एकदमै आवश्यक छ ।

० केही समय अगाडि नेपाल सरकारकै धेरै कार्यालयहरुको वेबसाईटहरु ह्याक भएका समाचाहरु पनि आए यहि कारण हैन त ?
हैन त्यो छुट्टै पाटो हो । यसको तिनवटा पाटो हुन्छ एउटा साईबर सुरक्षाको पाटोले हेर्ने हो भने नेपाल सरकारले हेर्छ । त्यसपछि विभिन्न ‘कर्पोरेटहरु इन्ड्रस्टिजहरु’ हुन्छ तिनीहरुको छुट्टै सुरक्षा हुन्छ , त्यसपछि ब्यक्तिगत आउँछ । नेपाल सरकारले उपलब्ध गराएका विभिन्न सेवाहरु विभिन्न मन्त्रालय अन्तर्गत विभाग अन्तर्गतको हुन सक्छ । त्यहाँबाट प्रबाह हुने हो र त्यो सेवा अबरुद्ध गर्नलाई कहि कतैबाट यतिधेरै ह्याबिट ट्राफिक आयो जस्ले लक्षित गरेरै सेवा अबरुद्ध गर्न खोज्या घटना हो त्यो ।

० एक्काइसौं शताब्दीको साधनलाई हामी प्रयोग गरिरहेका छौँ केहीले त्यसलाई दुरुपयोग पनि गरिरहेका छन् त्यो दुरुपयोग रोक्नका लागि यहाँहरुको पाँच बर्षको अन्तराललाई हेर्दा चुनौती कत्तिको छ ?
यसमा चुनौती अहिले मात्र हैन जहिले पनि हुन्छ । किनभने हामी कहाँ जादैछौ भन्दा नेपालमा त छैन तर विदेशी मुलुकहरु क्यान्टम कम्प्युटरतिर गैइरहेका छन । अब अहिले पनि हेरौ न रोबर्टिक तिर हामी जादैछौ । हामी पनि त्यसको प्रयोगात्मक तिर गईरहेका छौं । भनेपछि जसरी बिकास हुँदै जान्छ चुनौतिहरु त्यसमै बढ्दै जाने नै हो त्यस्लाई कसरी समाधान गर्ने भन्ने हो त्यो हामीले सदुपयोग गर्न सक्यौं भने सकिन्छ ।
० हामी आफैं सचेत बन्यौं भने विद्युतीय अपराधबाट बचाउन सकिन्छ ?
सकिन्छ । थोरै मात्र सचेत बन्यौं भने जस्तै साईबर हाईडेन्टका कुराहरु हुन्छ नि कहाँबाट रिक्वेस्ट आईरहेको छ । एसेप्ट गर्ने कि नगर्ने । कुन हदसम्म कुरा गर्ने भन्ने हुन्छ । अझ विभिन्न प्रलोभन वा पुरस्कारका नाममा पनि विद्युतीय अपराध बढिरहेका छन् ।

० विदेशबाट फोन आउने अथवा म्यासेजहरु आउने पुरस्कार प¥यो अथवा यो वा त्यो बाहानामा पैसा पठाईदे भन्ने खालको पनि पछिल्लो समयमा बढदै गईरहेको छ भन्ने कुरा पनि चर्चा गर्दै हुनुहुन्थ्यो त्यस्तो चाहिँ के हो ?
त्यो प्रलोभन नै हो ठगि हो । प्रलोभनमा परेपछि ठगिमा परिन्छ भन्ने कुराको सहजै विश्वास गर्दिन्छौँ । धेरै हदसम्म सम्बन्ध बढाउन खोज्छ अनलाईनबाटै जसलाई कहिल्यै न हाम्रो सम्बन्धमा ह्ुन्छ । त्यसलाई हामी यति सम्म विश्वास गर्छौ कि त्यो विश्वास गरिसकेपछि उसले के गर्छ त्यसलाई प्रस्तुत गर्छ । अनेकथरी प्रलोभनमा परेर हामीले यति विश्वास गर्छाै कि जे कुरा हामीले गोप्य राख्न पर्ने थियो त्यहि कुराको ताला चाबी नै त्यसलाई जिम्मा लगाई दिन्छौ । त्यसरी पनि ठगिरहेको छ र कतिपय अबस्थामा पार्सल पठाईदिएका छौँ र अनेक वाहानामा पटक–पटक ठग्ने प्रवृति हो । यसमा थोरै मात्र हामीले आफ्नो विवेक प्रयोग ग¥यौँ भने जोगिन सकिन्छ ।