कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बुधबार बिहान ११ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछिको अवस्थाको समीक्षासँगै सरकारमा आफ्नो सहभागिताबारे छलफल हुने बताइएको छ।

बैठाकमा उपराष्ट्रपति निर्वाचन, चितवन र तनहुँमा हुने उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ।