प्रहरी चेन अफ कमाण्ड आइजीपी भन्दा नेताको हातमा

काठमाडौं, साउन । प्रहरी महानिरीक्षक सवेन्द्र खनालका सहयोगीहरुले प्रचार गरिरहेका छन् कि आइजीपी गुमनाम बसेर संगठनमा व्यापक काम गरिरहेका छन् । तर प्रहरी संगठन भने दिन प्रतिदिन अस्तव्यस्त हुँदै गएको छ । राजनीतिक हस्तक्षेपका कारण संगठन कमजोर भएको हो ।
गृहमन्त्री रामबहादुर थापाको दवावामा गरिएको पछिल्लो सरुवा बढुवाले राम्रा अधिकृतहरु निराश भएका छन् । नेताहरुलाई खुशी नपारी सरुवा र बढुवामा अन्याय हुने अवस्थ सिर्जना भएको छ । प्रहरी चेन अफ कमाण्ड आईजीपी भन्दा नेताहरुको हातमा पुगेको चर्चा चलेको छ । किनकी आईजीपीले राम्रा र नराम्रा अधिकृतको मूल्यांकन गरेर यही अनुसार निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
अर्कोतर्फ आईजीपीका कारण ट्राफिक प्रहरीमा नैराश्यता छाएको छ । सडकमा दैनिक १५ घण्टासम्म डिउटी गर्ने ट्राफिक प्रहरीलाई सरकारले दिईसकेको भत्ता समेत गुमेको छ ।
विगत ३ वर्षदेखि ट्राफिक प्रहरीले भत्ता पाएका छैनन् । आर्थिक वर्ष २०७२÷७३ र २०७३÷७४ मा भत्ता अर्थ मन्त्रालयले निकासा गरिसकेको थियो । तर,त्यसलाई प्रहरी नेतृत्वले चासो नदिंदा समयमा निर्णय हुन सकेन । आर्थिक वर्षको अन्तिममा पुग्यो । सवै कर्मचारीको भत्ता कटौती भएको भन्दै ट्राफिकलाई पनि नदिने निर्णय भयो ।