कृषि मन्त्री र वाण्ज्यि मन्त्री वीच टकवराव

काठमाडौं, भाद्र ८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय क्षेत्राधिकारमा रहेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समिति मातहतमा रहेको उपत्यकाकै सवैभन्दा ठूलो तरकारी बजारमा वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले हस्तक्षेप गरेको भन्दै कृषि मन्त्री खनाल र आपूर्ति मन्त्री यादव वीच टकराव शुरु भएको छ ।
किसान र कालीमाटी तरकारी व्यापारीवीच विचौलियाहरुमो विगविगी भएको भन्दै कृषि मन्त्री चक्रपाणी खनालले अनुगमन गर्दै विचौलियाको अन्त्य गर्ने घोषणा गरेका थिए । मन्त्री खनालले कालीमाटी तरकारी बजारमा विचौलियाको अन्त्य गर्ने घोषणा गरेसँग कालीमाटी तरकारी बजारमा बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पनि ध्यान दिन थाले ।
यस अघि मतलव नै नगरेका मातृका यादवले कालीमाटी तरकारी बजारमा किन हस्तक्षेप गरिरहेक छन् ? एउटी पार्टीका यी दुई मन्त्रीवीच के रीस साँध्ने काम भईरहेको छ । मातृका यादवले आफ्नो क्षेत्राधिकार बाहिर गएर अहिले कालीमाटीको स्टल हटाउन खोजेको आरोप कृषि मन्त्रीले लगाईरहेका छन् ।
अहिले तरकारी बजारमा मातृका यादवले हस्तक्षेप गरे जस्तै भोली कृषि मन्त्रीले पनि चिनी उद्योग वा तेल उद्योगमा गएर छापामार्ने अवस्था आउन सक्ने छ । अहिले कालीमाटी तरकारी बजार साँढेको जुँधाई बाच्छाको मिचाईमा परेको छ ।
कालीमाटी तरकारी बजारमा वर्तमान संरचना र स्टल भाडामा लगाउने कामलाई तत्काल नयाँ कार्यविधी ल्याएर भएपनि सुधार गर्नु आवश्यक छ भने वर्तमान बजार विकास समितिका पदाधिकारीहरुलाई निलम्वन गरेर नयाँ समिति मार्फत विगत लामो लामो सयमसम्म लुट मच्चाईरहेका र कमिशनमा रमाईरहेकाहरुलाई पनि तह लगाउने काममा दुवै मन्त्रीले काम गर्दा भलो हुन्थ्यो होला ।