महिलाको भुमिकामा देखा पर्दै अक्षयकुमार

एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार महिलाको भूमिका निर्वाह गर्न लागेको अनुमान गरेका छन् । सामाजिक सन्जालमा नयाँ फिल्मको पोष्टर सार्वजनिक गरेपछि यस्तो अनुमान गर्न लागिएको हो ।

यो पोष्टर अरु पोष्टरभन्दा फरक रहेको उनले त्यो पोष्टरमा आँखामा गाजल लगाइरहेका देखिन्छन् । यसैकारण धेरैले उनले उक्त चलचित्रमा महिलाको भुमिकामा आउदैँ गरेको अनुमान गर्न सकिन्छ ।

उसो त चलचित्रको नामले पनि यस्तो अनुमानलाई बल पुगेको हो । राघव लरेन्सले निर्देशनमा बनेको फिल्मको नाम ‘लक्ष्मी बम’ हो ।

अक्षयले महिलाको भूमिका गरेका हुन् कि होइनन् भन्ने रहस्य भने खुलिसकेको छैन ।