१९ वर्षीया गर्भवतीको कुटपिट गरी हत्या

काठमाडौँ । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका(१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

करिब ३ महिनाकी गर्भवती छोरीलाई गत २७ साउन कुटपिट गरी हत्या गरेको मृतकका बुबा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।

घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...