गुणस्तर तथा नापतौल विभागको आर्थिक चलखेलकाका कारण शिवम् सिमेण्टको लुट

काठमाडौं । गुणस्तर तथा नापतौल विभागको आर्थिक चलखेलका कारण सिएनआईको अध्यक्ष पदको दुरुपयोग गर्दै शिवम् सिमेन्टका मालिक सतिश मोरको कम्पनीले नेपाली उपभोक्ताहरुमा लुट मच्चाईरहेको छ । उपभोक्ताहरुलाई भ्रममा मारेर सस्तो लोकप्रियताका लागि क्वालिटीमा कुनै सम्झौता हुन्न भन्ने ठूला ठूला प्रचार प्रसार गर्दै आईरहेको शिवम् सिमेन्टले गुणस्तरमा भने ध्यान दिएको छैन । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै अहिलेको महामारीको मौकामा उपभोक्तालाई ठगी गरिरहेको देखिन्छ ।

गुणस्तरहीन र मापदण्ड विपरितका सिमेन्ट उत्पादन गरेको मात्र होइन बजारमा विक्री गर्न पठाईएको सिमेन्टको बोराको तौलमामा समेत तोकिएको भन्दा कम भेटिएको छ । सवैभन्दा महत्वपूर्ण कुरा के हो भने सिमेन्टको गुणस्तर तथा नापतौल गर्ने सरकारी आधिकारिक निकायका रुपमा रहेको गुणस्तर तथा नापतौल् विभागका उच्च कर्मचारीहरुको मिलेमतोमा कम्पनीले आफूलाई चोख्याउने प्रयास गर्दै आईरहको छ । मूलत सिमेण्ट उत्पादन भएको मितिले ३ महिना भित्र प्रयोगमा ल्याईसक्नु पर्ने भएपनि पछिल्लो समय बजारमा विक्रीका लागि पठाईएका सिमेन्टहरु निकै पुरानो उत्पादन रहेको देखिन्छ ।

लकडाउनको मौकामा स्टक सामान विकाउना लागि नापतौल विभागका भ्रष्ट कर्मचारीलाई शिवम् सिमेण्ट कम्पनीले आफ्नो प्रभाव लिन सफल भएको देखिन्छ । पटक पटक उजुरी पर्दा पनि नापतौल विभागले ध्यान दिएको छैन । विभागका भ्रष्ट कर्मचारीहरु सो सिमेन्टको उजुरी पर्नासाथ कार्वाही गर्नुको साटो कम्पनीलाई जानकारी गराएर रकम असुल्दै आईरको स्पष्ट देखिन्छ । विशेष गरी मारवाडी व्यापारीहरुको बाहुल्यता रहेको सिएनआईका अध्यक्ष सशित मोरले सोही पदको दुरुपयोग गर्दै आफ्नो कम्पनीको कुनै पनि गुनासो उजुरीलाई लुकाउन गुणस्तर तथा नापतौल विभागका महानिर्देशक देखि अुगमन महाशाखाका प्रमुखसम्मलाई आफ्नो हातमा लिएका छन् ।
शिवम् सिमेन्टको उपभोक्ता ठगी प्रकारणमा उपभोक्तावादी संस्थाहरुले सुक्ष्म रुपमा अध्ययन गरिरहेको अध्ययनमा संलग्न एक उपभोक्तावादीले इकालोपाटीलाई जानकारी गराएका छन् । शिवम् सिमेन्ट त्यही कम्पनी हो जसले विद्युत प्राधिकरणलाई करोडौं रुपैयाा भुक्तानी नदिएर विवादमा तानिएको थियो । तर अहिलेसम्म पनि राज्यलाई अवौं घाटा लगाउने काम गरिरहेको छ ।