खोटाङका एकजना जनप्रतिनिधि, जो कोरोना संक्रमितको उपचारका लागि आफैं बिरामी बोक्छन्

काठमाडाैं । यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्। संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ । दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु परेको छ। यस्तै अभावका बीच खोटाङका एकजना जनप्रतिनिधि कोरोना संक्रमितको उपचारका लागि उदाहरणीय बनेर सबैको मन जित्न सफल भएका छन् ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैँ बिरामी बोकेर संक्रमितलाई अस्पताल पुयाइरहेका हुन् । उनले गरेको उदाहरणीय कार्यको सर्वत्र प्रशंसा भइरहेको छ भने जनप्रतिनिधिले महामारी तथा विपदका बेला पूरा गर्नुपर्ने कर्तव्य पूरा गरेको बताइएको छ।   गाउँपालिकामा प्रत्येक बस्तीमा कोरोना भाइरसको संक्रमण फैलिए पश्चात गाउँपालिकामै २५ बेडको कोभिड अस्पताल सञ्चालन गरी उपचार सुरु गरिएको छ।
अहिलेसम्म गाउँपालिकामा १०९ जनालाई संक्रमण पुष्टि भइसकेको अध्यक्ष राईले बताए। संक्रमितमध्ये १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् । धेरै स्थानमा गाडी नपुग्ने भएकाले संक्रमित भएको थाहा पाउने बित्तिकै घरमै गएर बिरामीलाई अस्पताल भर्ना गर्ने गरेको उनले बताए। आफूजस्तै नर्स र चिकित्सकको मनोबल बढाउनसमेत स्वास्थ्य मापदण्ड अपनाई हिँड्न नसक्ने वृद्धवृद्धालाई आफैले बोकेर बाटोसम्म पु¥याउने र अस्पता लाने गरेको उनले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...