एक साता लगातार वर्षाको सम्भावना

काठमाडाैं । नेपालको आकाशमा घाम नलागेर झुम्म भइरहेको छ । यो क्रम अबको एक सातासम्म रहने भएको छ ।   नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो । मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ ।”

उनका अनुसार कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन । मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।