स्थानीय चुनाव नजिकिँदै गर्दा किसानलाई बजेटको अभाव

काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा किसानलाई भने बजेटको अभावब भएको छ । राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् ।

गाउँ, गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने शर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका स्थानीय जोगी किसानले बताएका छन् ।

किसानले भने हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ । किसान समुदायले मेचीनगर नगरपालिका, ९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु गरेको छ । बजेट अभावमा भने सो काम अधुरै रहेको बताए ।

२०६० मा किसान समुदाय सङ्गठित भएर किसान समुदाय विकास प्रतिष्ठानको स्थापना गरेका थिए । सङ्ग्रालय बनाउने सोचका साथ स्थापना गरेको प्रतिष्ठानलाई कहीँकतैबाट पनि सहयोग नभएपछि गत वर्ष आफ्नै समुदायबाट रकम सङ्कलन गरेर उनीहरुले प्रतिष्ठानका लागि एक कठ्ठा जग्गा खरिद गरी भवन बनाउन सुरु गरेका हुन् । भवन रङरोगन र झ्यालढोकाको काम बजेट अभावले बाँकी नै छ । श्रमदान र सहयोग सङ्कलन गरेर बनाएका हौँ स्थानीय सुन्दरलाल किसानले बताए । नगरपालिकाले जग्गाको व्यवस्था गरेर भवन बनाइदिने आश्वासन दिएका थिए ।

वर्षौदेखि सुकुम्वासी भएर बसेकाले जग्गाको व्यवस्था गरिदिनेलाई मात्र भोट दिने मेचीनगर, ११ का जुनेशले बताए । ज्याला मजदुरी गरेर पेट पालेका छौँ, ओत लाग्न जग्गा नै छै् । उनले भने किसान समुदायको दैनिकी पहिलेको भन्दा फेरिएको छ । सधै स्थानीय क्षेत्रमा मात्र ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने उनीहरु रोजगारीका लागि खाडीमुलुक मलेसिया, कतार, कुवेतलगायत देशमा जान थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर आएका अधिकांश किसानले पक्की घर र जग्गा जोडेका बताए ।

पार्टीभन्दा पनि राम्रो र हाम्रो काम गर्ने मान्छेलाई मात्र भोट दिन्छौँ किसानहरुको भनाई रहेको छ । किसान समुदायले जातीय सङ्ग्रालय बनाएर लोप हुँदै गएका गरगहना, चाँदुवा चाँदीका पैसाको माला सिक्री, तक्री झुम्का, लोला टप बेरा मोटा चुरा चुरी, धन्सी, पैरही चेप्टो कल्ली झुटिया विच्छी, खङसो, चौरी कलापमा लगाउने धागो, बाजागाजा राख्ने तयारी छ ।