प्रचण्डको छोरी चितवनको मेयर, जेठी बुहारी पोखराको उपमेयर !

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठवन्धनसँगको असैदान्तिक (सिद्धान्त फरक तर पदका लागि एकै ठाउँमा) सहमतिबाट स्थानीय तहको निर्वाचनमा आफूलाई केन्द्रित गरेसँग माओवादी नेता कार्यकर्ताहरु भने रीसले चुर भएका छन् । गठवन्धनका नाममा स्थानीय तहको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुका दाहाललाई पुन चितवनको मेयर बनाउने भएपछि माओवादी कार्यकर्ता रुष्ट बनेका हुन्। ।

हुन त प्रचण्डको यस पटक दुवै हातमा लड्डु परेको छ । केपी ओलीले नेतृत्व गरिरहेका एमाललेलाई सिध्याउन गठवन्धन गर्दा उनले चितवनमा छोरीलाई मेयर र पोखरामा जेठी बुहारी सिर्जना त्रिपाठीलाई उपमेयर बनाउनका लागि सिफारिस गरेपछि प्रचण्ड यतिखेर निकै खुशी देखिएका छन् ।

१० वर्ष जनयुद्धको नेतृत्व गरेर सत्तामा पुगेका प्रचण्डलाई धेरैले गिरिजाप्रसाद कोइरालासँग तुलना पनि गरेका छन् । प्रचण्डलाई गिरिजासँग तुलना गर्नुको मुख्य कारण भनेको कोइराला जस्तै उनी पनि सत्ता भन्दा बाहिर बस्नु परे निकै नै छट्पटिने मात्र होइन आफन्तलाई शक्तिको पदमा नराखेसम्म पानी विनाको माछा जस्तै छट्पटिने गरेको माओवादी नेताहरुले बताउँछन् ।

हुन पनि प्रचण्डले कान्छी बुहारी विनालाई सांसदसँग मन्त्री बनाए भने छोरीलाई विगतमा चितवनको मेयर बनाउन सफल भए । अहिले स्थानीय तहको निर्वाचनमा पनि छोरीलाई मेयर र जेठी बुहारीलाई उपमेयर बनाउने भएपनि दुवै हातमा लड्डु परेको छ ।