संवैधानिक व्यवस्थामाथिको कुठाराघातविरूद्ध पूर्व पाँच प्रधानमन्त्रीहरू एकै साथ

काठमाडाैं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘सरकारले अलोकतान्त्रिक कदम चालेको’प्रति आलोचना गरेका छन् ।

नेपालमा संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग विज्ञप्तिमा अपिल गरिएको छ । विज्ञप्तिमा ‘काम चलाउ सरकारले घाटा बजेट पूर्ति गर्ने निहुँमा देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको’ भन्दै आपत्ति जनाइएको छ । ‘चुरे र महाभारत शृंखलामा हुने उत्खननबाट जंगल विनाश भई पानीका मुहान सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुने’ संयुक्त विज्ञप्तिमा उल्लेख छ । राजधानी दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

ताजा समाचार

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित पक्राउ

झापा | स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो १२ बजे झापा...

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...