मन्त्रीमण्डल विस्तार नभएर छट्पटाएका देउवाले भागवण्डा मिलाए, एक सातामा मन्त्रीमण्डलले पूर्णता पाउने

काठमाडाैं । डेढ महिनासम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेर छटपटाएका देउवा सरकारले अन्ततोगत्वा मन्त्रीमण्डल विस्तार गर्ने भएको छ ।

भागवण्डा नै कसरी गर्ने भन्ने अप्ठेरोकाबीच यो साता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा मिल्ने भएको हो । विशेषगरी नेकपा एकीकृत समाजवादीको दल दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेकोले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बिस्तार हुन सकेको थिएन ।

यद्यपि हिजै शिक्षा मन्त्रालयमा दार्चुलाका दिलेन्द्रप्रसाद बडुलाई नियुक्त गरेर काङ्ग्रेसले स्वास्थ्य,गृह,कानूनसहित ५ मा ४ कोटा पूरा गरेको छ । नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच ५ वटा मन्त्रालयको दरले भाग लगाउने सैध्दान्तिक सहमति भएको हो ।

कानुन मन्त्रालयको हकमा सबै दलको सहमति हुने गरी एक जना नेकपा एकीकृत समाजवादीनिकट प्रतिष्ठित कानुन व्यवसायीलाई मन्त्री बनाउने सम्बन्धमा पनि गठबन्धनका शीर्ष नेताहरुले सहमति गर्नुभएको बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीसहित गृह,स्वास्थ्य र कानुन मन्त्रालय काँग्रेसको भागमा परिसकेको थियो । कानूनबाट अब ज्ञानेन्द्रबहादुर कार्की अर्कै मन्त्रालयमा जाने कुरा छ । अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । अब एकीकृत समाजवादी र जसपाको भागमा बाँकी रहेकामध्ये महत्वपूर्ण मन्त्रालयसहित पाँच वटा पर्ने भएको हो । मुख्यगरी परराष्ट्र,शहरी विकास,स्थानीय र सामान्य प्रशासन,कृषि,वन,उध्योग,वाणिज्य तथा आपूर्ति,महिला,बालबालिका,श्रम,भौतिक योजना,पर्यटन,रक्षा,भूमिसुधार,सञ्चार मन्त्रालय अझै बाँकी छन् ।

एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल,जीवनराम श्रेष्ठ,रामकुमारी झाँक्री,प्रेम आले,मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...